भोलिको बैठकमा वामदेव सहभागी हुने

काठमाडौंचैत ६ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम भोलिको केन्द्रीय कमिटी बैठकमा सहभागी हुनुहुने भएको छ ।

फाइल फोटो

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष गौतम जानुहुने भएको हो । ललितपुरमा अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले बैठकबाटै पार्टीको समस्या समाधान गर्नुपर्ने भएकाले पार्टीको बैठकमा जान लागेको बताउनुभयो ।

गौतमले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका नेताहरूलाई पनि भोलिको बैठकमा आउनुपर्नेमा जोड दिनुभएको छ । बैठकमै केपी ओलीविरुद्ध लड्नुपर्ने उहाँको भनाइ छ । गौतम फागुन २८ गते बोलाइएको केन्द्रीय कमिर्टी बैठकम र बिहीबार बोलाइएको संसदीय दलको बैठकमा सहभागी हुनुभएको थिएन । उसो त २८ गतेको बैठकको निम्तो पनि गौतमलाई दिइएको थिएन ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago