नेपाल नालन्दाको वार्षिकोत्सव सम्पन्न

नारायण प्रसाद कोइराला, सिद्धार्थनगर, ७ फागुन  । भैरहवामा अवस्थित नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालयको वार्षिकोत्वस तथा अभिभावक दिवस २०७७ सम्पन्न भएको छ । विद्यालयको आफ्नै भवनमा विद्यालयका प्राचार्य कमल कोइरालाको अध्यक्षता, विद्यालय सञ्चालक तथा प्रबन्ध निर्देशक युवराज पाण्डेको प्रमुख आतिथ्यता र प्राज्ञिक विद्यार्थी परिषद नेपालका केन्द्रिय सदस्य अनुराग पाण्डेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कोभिड १९ को महामारिका विच विद्यालयले केहि अभिभावक र विद्यार्थीहरुका विच कार्यक्रम गरेको थियो । कोभिड १९ को डर र त्रासबाट उन्मुक्तको लागि यस प्रकारको मनोरञ्जनात्मक, सृजतात्मक कार्यक्रमले धेरै सहयोग पुर्‍याउने कुरामा आफु विश्वस्त रहेको कुरा प्राचार्य कोइरालाले बताए । विद्यालय भित्रका विभिन्न शैक्षिक गतिविधि र खेलकुदमा विजयी हुने विद्यार्थीहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको थियो भने विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले विद्यार्थीहरुलाई विभिन्न प्रसंगहरु संग जोडेर उत्कृष्ट कार्य गर्नको लागि प्रोत्सहान गराएका थिए भने विद्यार्थीको ज्ञान शिल र एकता भएमा राष्ट्रको विकाश हुनेकुरामा विशिष्ट अतिथि अनुराग पाण्डेले जोड दिएका थिए । कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका शिक्षक नारायणप्रसाद कोइराल र कार्यक्रम सञ्चालन सह–प्राचार्य युवराज पाण्डेले गरेका थिए ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago