नेपाली बाबाको निधन, पशुपतिमा अन्त्येष्टि

काठमाडौँ,नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको दुई वर्षदेखिहड्डीको समस्याबाट पीडित उहाँको सोमबार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो

पैँतालीस वर्षअघि देखि चिया पानी मात्र सेवन गरी साधना गर्नुभएकाले हड्डीको समस्या देखिएको चिकित्सकको भनाइ रहेकोआश्रमले जनाएको त्यहाँ घिमिरेको नेतृत्वमा ३३ रोपनी क्षेत्रफलमा नौतले विन्ध्यवासिनी मन्दिरसहित आश्रम बनिरहेको

विश्वमा शीतयुद्ध चलिरहेका बेला विसं २०४३ अघि घिमिरेले विन्ध्यवासिनीमा वैदिक विधिअनुसार ११ जना ब्राह्मणबाट एकमहिनासम्म यज्ञ गराउनुभएको थियो महायज्ञका लागि पशुपतिनाथबाट पोखरासम्म उहाँ पैदल यात्रा गर्नुभएको थियो महायज्ञ सकेरघिमिरे पोखराबाट काठमाडौँ पनि पैदल यात्रा गर्दै आउनुभएको थियो शीतयुद्धबाट विश्व शान्तिका लागि त्यो महायज्ञले योगदान गरेकोविश्लेषण त्यसबेला गरिएको थियो विसं २०४३ मा संयुक्त राष्ट्र सङ्घले समेत शान्ति वर्षका रूपमा घोषणा गरेको थियो

विश्व शान्ति अभियानमा उहाँको महत्वपूर्ण योगदान रहेको विन्ध्यवासिनी आध्यात्मिक सङ्घका पूर्वाध्यक्ष केशवप्रसाद चौलागाइँलेराससलाई जानकारी दिनुभयो विसं २०४५ मा उहाँले पूर्व मेचीबाट पश्चिम महाकालीसम्मको पदयात्रा गर्नुभएको थियो विसं २०४८ मामुक्तिनाथबाट कन्याकुमारीसम्मको पैदलयात्रा पनि उहाँले सम्पन्न गर्नुभएको सङ्घले जनाएको

कन्याकुमारीबाट हिमालयसम्मको क्षेत्रलाई आर्यावर्तका रूपमा वैदिक शास्त्रमा व्याख्या गरिएको विसं २०६१ मा उहाँले देशमाजारी द्वन्द्व अन्त्यका लागि सङ्घको कार्यालय सतुङ्गलमा गणपति महायज्ञसमेत आयोजना गर्नुभएको थियो साधक घिमिरेले यज्ञ पदयात्रामा भारतवर्षमै श्रेष्ठता कायम गर्नुभएको जनाइएको

उहाँको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको उहाँको श्रीमती, दुई छोरा एक छोरी हुनुहुन्छ बनारसमासाधनाका लागि बस्दा उहाँ नेपाली बाबाका नामले चिनिनुभएको थियो त्यसपछि उहाँ नेपाली बाबा उपनामले प्रख्यात हुनुभयो

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago