काठमाडौँ,नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ । दुई वर्षदेखिहड्डीको समस्याबाट पीडित उहाँको सोमबार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो ।
पैँतालीस वर्षअघि देखि चिया र पानी मात्र सेवन गरी साधना गर्नुभएकाले हड्डीको समस्या देखिएको चिकित्सकको भनाइ रहेकोआश्रमले जनाएको छ । त्यहाँ घिमिरेको नेतृत्वमा ३३ रोपनी क्षेत्रफलमा नौतले विन्ध्यवासिनी मन्दिरसहित आश्रम बनिरहेको छ ।
विश्वमा शीतयुद्ध चलिरहेका बेला विसं २०४३ अघि घिमिरेले विन्ध्यवासिनीमा वैदिक विधिअनुसार ११ जना ब्राह्मणबाट एकमहिनासम्म यज्ञ गराउनुभएको थियो । महायज्ञका लागि पशुपतिनाथबाट पोखरासम्म उहाँ पैदल यात्रा गर्नुभएको थियो । महायज्ञ सकेरघिमिरे पोखराबाट काठमाडौँ पनि पैदल यात्रा गर्दै आउनुभएको थियो । शीतयुद्धबाट विश्व शान्तिका लागि त्यो महायज्ञले योगदान गरेकोविश्लेषण त्यसबेला गरिएको थियो । विसं २०४३ मा संयुक्त राष्ट्र सङ्घले समेत शान्ति वर्षका रूपमा घोषणा गरेको थियो ।
विश्व शान्ति अभियानमा उहाँको महत्वपूर्ण योगदान रहेको विन्ध्यवासिनी आध्यात्मिक सङ्घका पूर्वाध्यक्ष केशवप्रसाद चौलागाइँलेराससलाई जानकारी दिनुभयो । विसं २०४५ मा उहाँले पूर्व मेचीबाट पश्चिम महाकालीसम्मको पदयात्रा गर्नुभएको थियो । विसं २०४८ मामुक्तिनाथबाट कन्याकुमारीसम्मको पैदलयात्रा पनि उहाँले सम्पन्न गर्नुभएको सङ्घले जनाएको छ ।
कन्याकुमारीबाट हिमालयसम्मको क्षेत्रलाई आर्यावर्तका रूपमा वैदिक शास्त्रमा व्याख्या गरिएको छ । विसं २०६१ मा उहाँले देशमाजारी द्वन्द्व अन्त्यका लागि सङ्घको कार्यालय सतुङ्गलमा गणपति महायज्ञसमेत आयोजना गर्नुभएको थियो । साधक घिमिरेले यज्ञ रपदयात्रामा भारतवर्षमै श्रेष्ठता कायम गर्नुभएको जनाइएको छ ।
उहाँको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । बनारसमासाधनाका लागि बस्दा उहाँ नेपाली बाबाका नामले चिनिनुभएको थियो । त्यसपछि उहाँ नेपाली बाबा उपनामले प्रख्यात हुनुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…