२८२६ विन्दुसम्म पुगेर झर्‍यो सेयर बजार,कारोबार साढे ७ अर्बनजिक

हिजो बुधबार नियमित कारोबार सत्रको पहिलो मिनेटदेखि नै ठाडो उकालो लाग्न थालेको बजार सूचक नेप्से पहिलो ४५ मिनेटको कारोबार समयमा दिनकै उच्च विन्दु २८२६ नजिक पुगेको थियो। त्यसमा सामान्य उतारचढाव भए पनि लगभग दिनभरजसो नै उक्त लयलाई बजारले पछ्याइ नै रह्यो। तर अन्तिम लगभग ५० मिनेट भने त्यसमा टिक्न नसक्दा एकपछि अर्को खुड्किलो झर्दै अन्त्यमा सूचक २८०१ विन्दुसम्म ओर्लिएर बजार बन्द भएको छ।

यससँगै मंगलबारको अन्तिम विन्दुबाट नेप्सेले आज करिब १७ अंकले बढ्दै यसको अपवार्ड ट्रेन्डलाई कायमै राखेको छ।

सेयर बजारका लगानीकर्तालाई आज उत्साहित बनाउने आकडा यसको कारोबार रकम पनि रह्यो। धेरैपछि नेपाल स्टक एक्सचेन्जमा एकैदिन सात अर्ब रुपैयाँमाथिको धितोपत्र किनबेच भएको छ। बुधबार कुल २२४ कम्पनी एक करोड १९ लाख ४४ हजार कित्ता धितोपत्र ७७ हजार पाँच सयभन्दा धेरै पटक किनबेच हुँदा जम्मा कारोबार रकम सात अर्ब ३८ करोड रुपैयाँ हाराहारी पुगेको छ।

कारोबार भएकामध्ये १८७ वटा स्क्रिप विभिन्न कम्पनीको सेयर रहेको छ भने बाँकी सामुहिक लगानी कोष र ऋणपत्रका एकाइहरु रहेका छन्। कारोबार भएका सेयरमा ९४ कम्पनीका लगानीकर्ताले कमाए भने गुमाउने पनि त्यसकै हाराहारी (८८ कम्‍पनीका सेयर) रहे। पाँच कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो। यीमध्ये तीनवटा कम्पनी जलविद्युत क्षेत्रका नै हुन्। पञ्चकन्या माइ र माथिल्लो तामाकोशी जलविद्युत कम्‍पनीको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको हो।

नबिल बैंकसँग मर्जरको हल्लाले नेपाल बंगलादेशको सेयर मूल्यमा पनि आज प्रतिकित्ता ३५.८० रुपैयाँ अर्थात् करिब १० प्रतिशतले वृद्धि हुँदै सर्किट ब्रेकर लाग्यो।

बोटलर्स नेपाल तराईको सेयर मुल्य सबैभन्दा धेरै (७.४७ प्रतिशत) ले घटेपनि यससहित कुनै पनि कम्पनीका लगानीकर्ताले त्योभन्दा धेरै गुमाएनन्।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago