२८२६ विन्दुसम्म पुगेर झर्‍यो सेयर बजार,कारोबार साढे ७ अर्बनजिक

हिजो बुधबार नियमित कारोबार सत्रको पहिलो मिनेटदेखि नै ठाडो उकालो लाग्न थालेको बजार सूचक नेप्से पहिलो ४५ मिनेटको कारोबार समयमा दिनकै उच्च विन्दु २८२६ नजिक पुगेको थियो। त्यसमा सामान्य उतारचढाव भए पनि लगभग दिनभरजसो नै उक्त लयलाई बजारले पछ्याइ नै रह्यो। तर अन्तिम लगभग ५० मिनेट भने त्यसमा टिक्न नसक्दा एकपछि अर्को खुड्किलो झर्दै अन्त्यमा सूचक २८०१ विन्दुसम्म ओर्लिएर बजार बन्द भएको छ।

यससँगै मंगलबारको अन्तिम विन्दुबाट नेप्सेले आज करिब १७ अंकले बढ्दै यसको अपवार्ड ट्रेन्डलाई कायमै राखेको छ।

सेयर बजारका लगानीकर्तालाई आज उत्साहित बनाउने आकडा यसको कारोबार रकम पनि रह्यो। धेरैपछि नेपाल स्टक एक्सचेन्जमा एकैदिन सात अर्ब रुपैयाँमाथिको धितोपत्र किनबेच भएको छ। बुधबार कुल २२४ कम्पनी एक करोड १९ लाख ४४ हजार कित्ता धितोपत्र ७७ हजार पाँच सयभन्दा धेरै पटक किनबेच हुँदा जम्मा कारोबार रकम सात अर्ब ३८ करोड रुपैयाँ हाराहारी पुगेको छ।

कारोबार भएकामध्ये १८७ वटा स्क्रिप विभिन्न कम्पनीको सेयर रहेको छ भने बाँकी सामुहिक लगानी कोष र ऋणपत्रका एकाइहरु रहेका छन्। कारोबार भएका सेयरमा ९४ कम्पनीका लगानीकर्ताले कमाए भने गुमाउने पनि त्यसकै हाराहारी (८८ कम्‍पनीका सेयर) रहे। पाँच कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो। यीमध्ये तीनवटा कम्पनी जलविद्युत क्षेत्रका नै हुन्। पञ्चकन्या माइ र माथिल्लो तामाकोशी जलविद्युत कम्‍पनीको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको हो।

नबिल बैंकसँग मर्जरको हल्लाले नेपाल बंगलादेशको सेयर मूल्यमा पनि आज प्रतिकित्ता ३५.८० रुपैयाँ अर्थात् करिब १० प्रतिशतले वृद्धि हुँदै सर्किट ब्रेकर लाग्यो।

बोटलर्स नेपाल तराईको सेयर मुल्य सबैभन्दा धेरै (७.४७ प्रतिशत) ले घटेपनि यससहित कुनै पनि कम्पनीका लगानीकर्ताले त्योभन्दा धेरै गुमाएनन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago