४४ देश सहित जापानले नेपाल लाई लगाएको प्रबेश प्रतिबन्ध हटायो ।

कोरोना महामारीले गर्दा आवागमन बन्द गरेको जापानले ४४ देश सहित जापानले नेपाल लाई लगाएको प्रबेश प्रतिबन्ध हटाएको छ ।जापानको विदेश मामिला मन्त्रालयले शुक्रबार एक प्रेस बिज्ञप्तीद्वारा केही महीना देखी लगाईएको प्रतिबन्ध खुला गर्ने जनाएको छ ।

सेप्टेम्बर १९ तारिख मध्यरात अर्थात् २० तारीख बाट नेपाल देखी जापानको आगमन पुनःखुलेपछि हजारौं नेपालीले राहतको अनुभूति गरेको महसुश गर्न सक्छन ।

नेपाल सहीत अफगानिस्तान, अरब इमिरेट्स, अर्जेन्टिना, भारत, इन्डोनेसिया, उरुग्वे, युनाइटेड किंगडम, इक्वेडोर, कजाकिस्तान, क्युबा, ग्रीस, किर्गिज, कोस्टा रिका, कोलम्बिया, जाम्बिया, जर्जिया, स्पेन, सुलिनम, श्रीलंका, सेशेल्स, तान्जानिया, चिली, डेनमार्क, डोमिनिका रिपब्लिक, त्रिनिदाद टोबागो, टर्की,पाकिस्तान, पाराग्वे, बंगलादेश, फिलिपिन्स, ब्राजिल, भेनेजुएला, पेरु, बेल्जियम, बोलिभिया, पोर्चुगल, मलेसिया, दक्षिण अफ्रिका, म्यानमार, मोजाम्बिक, माल्दिभ्स, लिबिया, रूस (मस्को शहर) बाट आगमन खुलेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

भिषा भएर नेपालमै रोकिनु भएकाहरुको लागी आगमनखुलेपनी नयाँ भिषा प्राप्त गरेका र विद्यार्थीको सम्बन्धमा पुर्ण खुलाइएको छैन ।

यस्ता छन् जापानको रि–इन्ट्रि सम्बन्धि प्रावधान तथा पालना गर्नुपर्ने नियमहरु ।प्रवेशको लागी ७२ घण्टा भित्रको पिसिआर(PCR) नेगेटिभ रिपोर्टको प्रमाणपत्र ल्याऊनु पर्ने, जापान आईपुगिसकेपछी तोकिएको होटलमा ३ दिन वस्नु पर्ने र तेस्रो दिन पिसिआर चेकमा नेगेटिभ आएमा चौँथो दिनमा घर फर्कन पाईने उल्लेख गरेको छ । त्यस्तै घर आऊन आफ्नै व्यक्तिगत गाडीको व्यवस्था गर्नु पर्ने ,घर फर्कनु अगावै एऊटा कागज गर्नु पर्ने (जसमा सबै कुरा पालना गर्छु नगरेमा कानुन अनुसार कार्वाही भोग्न तयार छु भन्ने कुरा उल्लेख हुनेछ),घर आईसकेपछी बाँकी ११ दिन पुर्ण रुपले आईसोलेसनमै वस्नु पर्ने, स्मार्ट फोन मार्फत सम्वन्धित निकायले भिडीयो कलबाट निगरानी गर्नेछ, नेटवर्क डेटा सहितको स्मार्ट फोन साथमै हुनुपर्ने (यदि नभएमा रेन्टल लिनु पर्नेछ) यदी क्वारिन्टाइन नियम भनेको अनुसार पालना नगरिएको पाईएमा वा घर बाहिर निक्लिएको फेला परेमा भिषा खारेज गरेर फर्काऊने सम्मको उल्लेख गरेको छ ।

Sanjay poudyal

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago