जापानबाट नेपालको स्कूललाई ल्यापटप सहयोग ।

नागोया जापान । रोटरी क्लब अफ योक्काईची, नर्थ जापानको सहयोगमा र चितवन रोटरी क्लबको संयोजनामा नारायणी नमुना माध्यमिक विद्यालय ,चितवनलाई तीन थान ल्यापटप हस्तान्तरण गरिएको छ। सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने उदेश्यले रोटरी क्लव अफ चितवनद्धारा प्राप्त ल्यापटप भरतपुर स्थित नारायणी नमुना माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको हो।

विद्यालयको शिक्षण पद्धतीमा सहायता पुयाउने उद्धेश्यले एक कार्यक्रम  बिच ल्यापटप हस्तान्तरण गरिएको बताईएको छ।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर थापालाई ल्यापटप हस्तान्तरण गरिएको थियो ।

रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वार्ड नं–१० का अध्यक्ष अरुण पीडित भण्डारी विशेष अतिथि रहेका थिए।कार्यक्रममा अनलाईन मार्फत जापानका क्लबको रोटरीयनहरुको सहभागिता रहेको थियो । क्लबका सह–सचिब गोपालप्रसाद गैरेको संचालन भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष राजु पौडेलले स्वागत मन्तव्य र जापानका रोटरी क्लबका पूर्व अध्यक्ष लेमोझुङ्गाले शुभकामना मन्तव्य राखेका थिए।

प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर थापाले विद्यालयमा पेपर फ्रि क्लास संचालन गर्ने उद्धेश्य प्राप्तिका लागि प्रदान गरिएको तीन थान कम्प्यूटर(ल्यापटप) कोशेढुङ्गा सावित हुनेमा विश्वस्त भएको वताउँदै सहयोगी संस्थाहरुलाई धन्यवाद र निरन्तरताको लागि अनुरोध गरे।

रोटरी क्लव अफ चितवनका अध्यक्ष शाक्यले स्वर्थ भन्दा माथि सेवा भन्ने मूलमन्त्रका साथ स्थापना भएको रोटरी क्लबले जापानका क्लबसँग सहकार्य गर्दै विद्यालयमा कम्प्यूटर(ल्यापटप)हस्तान्तरण गर्न पाउँदा खुशी लागेको वताउँदै उक्त कार्यको लागि सहजीकरण गरिदिनुहुने रोटरी क्लव अफ चितवनका पूर्व अध्यक्ष राजु पौडेल, रोटरी क्लब अफ योक्काईची, नर्थ जापानका सदस्य विष्णुप्रसाद घिमिरे लगायत लाई धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा विष्णु प्रसाद पौडेलले दोभाषेको रुपमा सहजिकरण गरेको उक्त कार्यक्रममा अध्यक्ष दिपक प्रधान, निर्वतमान अध्यक्ष रोशन पिया, सह–सर्जेन्ट मनोज वर्नवाल र रो.  शायल पाण्डे लगायतको सहभागिता रहेको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago