संसद्लाई घेराबन्दी गर्ने प्रयास भयो : सभामुख सापकोटा

काठमाडौँ, ५ वैशाख ।सङ्घीय संसद्लाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको बताउनुभएको छ ।

फाइल फोटो

सभामुख सापकोटाले प्रतिनिधिसभालाई जीवन्त, जनमुखी र चलायमान बनाउँदै लोकतान्त्रिक, मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्ने सन्दर्भमा दृढताका साथ अघि बढ्न शुरु गर्दैगर्दा त्यहीँबाट घेराबन्दी शुरु भएको र अहिले पनि त्यो जारी रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित केन्द्रीय पदाधिकारीको आज काठमाडौँमा भएको पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले भन्नुभयो, “संसद्बारे अनेक खालका टिप्पणी भइरहेका छन् तर मलाई दृढ विश्वास छ कि धेरै मान्छेलाई केही समय र केही मान्छेलाई सधँैभरि भ्रममा पार्न सकिन्छ, सबै मान्छेलाई सधैँभरि भ्रममा पार्न सकिँदैन ।” उहाँले महान् बहसका बीचबाट भयानक भ्रमको अन्त्य हुने र महान् सत्यको जन्म हुने उल्लेख गर्नुभयो ।

मुलुकमा उत्पन्न टक्कर एउटा दृष्टिकोणमा आधारित भई आएको र जुन लोकतान्त्रिक मूल्यमान्यतालाई स्थापित गर्ने कुरासँग तथा नेपाली जनताले बनाएको संविधानलाई ठीक ढङ्गले रक्षा र विकास गर्नेसँग सम्बन्धित रहेको बताउनुभयो । उहाँले भन्नेले के भन्छन् भन्ने कुरालाई वास्ता नगरी लुरुलुरु अगाडि बढिरहेको जिकिर गर्नुभयो । “मैले जे गरिरहेको छु देशलाई सम्झेर गरेको छु, देश र जनताको अधिकतम हितमा केन्द्रित भएको छु, बुद्धि, विवेक नपुगेर त्रुटि हुन सक्छन्, तर मैले जानीजानी देश र जनताको हितविपरीत कुनै पनि काम गरेको छैन”, सभामुख सापकोटाले प्रष्टीकरणका साथ भन्नुभयो । उहाँले कसैको दबाब र प्रभावबाट मुक्त रहेर स्वतन्त्रतापूर्वक काम गर्ने स्पष्ट पार्नुभयो ।

जनताले सुम्पेको सार्वभौमसत्ताको नीहित अधिकार खासखास बेलामा सभामुखमा केन्द्रित हुने जानकारी गराउँदै सभामुख सापकोटाले जनभावना बुझेर अघि बढ्नुपर्नेमा आफू दृढ रहेको बताउनुभयो । सभामुख सापकोटाले मुलुकमा अहिले तटस्थको होस् भनेर चाहनेभन्दा पनि मेरो पक्षमा काम गरेन अथवा मेरो पक्षमा काम गरोस् भन्ने अन्तरनीहित भावना देखिएको बताउनुभयो । उहाँले आफूले जिम्मेवारी सम्हालुञ्जेल देश र जनताप्रति इमान्दारिता र निष्ठाका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसका लागि कुनै कुराको त्याग गर्न र जोखिम लिन कठिनाइ नहुने उहाँको भनाइ थियो । यसमा पत्रकारले शक्तिशाली जनमत बनाइरहेकामा पत्रकारिता क्षेत्र प्रति नै गर्व लागेको उहाँले सुनाउनुभयो । राज्यको महान् बहसमा सामेल हुन सबैलाई आग्रह गर्दै सभामुख सापकोटाले बहस छेडिएपछि त्यो सही निष्कर्षमा पुग्ने र सत्यको अन्वेषण हुने बताउनुभयो ।

उहाँले मुलुकसामु चुनौती खडा भएकाले त्यसलाई सामना गर्दै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । सभामुख सापकोटाले ठीक ढङ्गले काम गर्ने हो भने उत्पन्न समस्या समाधान गर्ने सन्दर्भमा कुनै कठिनाइ नहुनेसमेत बताउनुभयो । हरेक भयानक सङ्कटका बीचमा महान् अवसर रहने उल्लेख गर्दै उहाँले सङ्कट आउँदैमा चिन्तित हुनुपर्दैन भन्नुभयो । “पहिलेपहिले समुद्र मन्थन भनिन्थ्यो अहिले, महान् बहसको बीचबाट अघि बढेका छौँ, कहिलेकाहीँ शून्य–शून्य जस्तो अन्योल र अलिकति राजनीतिक शून्यताको स्थिति देख्नुभएको छ नी, त्यो बाहिरको आवरणमा मात्रै हो, भित्रभित्रै बहसमा छ, निस्किएर प्रष्फुटन हुन्छ”, सभामुख सापकोटाले भन्नुभयो । उहाँले प्रतिनिधिसभालाई जीवन्त र जनमुखी बनाउन सङ्कल्पका साथ अघि बढेकाले गुणात्मक कानून निर्माणमा कुनै सम्झौता नहुने प्रष्ट्याउनुभयो । विधेयक अड्काएको आरोप खेप्नु भएका सभामुख सापकोटाले त्यसलाई सङ्केत गर्दै सार्वजनिक कानून निर्माण गर्दा एउटा शब्दावलीले जमीन–आसमानको फरक पार्ने हुँदा सूक्ष्मरूपले अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले संसद्ले आफूले बनाएको कानून अदालतले ठीक ढङ्गले कार्यान्वयन गरेको छ की छैन भन्ने कुरा र हरेक निकायमा हुने क्रियाकलापका विषयमा संसदीय निगरानी जारी रहने पनि उल्लेख गर्नुभयो ।

उहाँले समाचारको विश्वसनीयता, वस्तुनिष्ठता र तथ्यपरकताका लागि कठोर मेहनतका साथ लाग्न पत्रकारलाई आग्रह गर्नुभयो । उक्त समारोहमा महासङ्घका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको सवालमा आफू ढृढ भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले महासङ्घका सदस्यलाई नै राज्यले आतङ्कित पार्ने काम भएको उल्लेख गर्दै समाचारमा चित्त नबुझे उपचार खोज्ने कानूनी बाटो लिनका लागि प्रेरित गर्नुपर्नेमा राज्य स्वयं बाटो छोडेर मिडिया क्षेत्रलाई आतङ्कित पार्ने ढङ्गले प्रस्तुत हुनु खेदजनक र निन्दनीय रहेको बताउनुभयो । पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष गोविन्द आचार्यले नवनिर्वाचित कार्यसमिति मुलुकसामु आउनु चुनौतीको सामना गरेर अघि बढ्न सक्षम रहने विश्वस व्यक्त गर्नुभयो । पूर्व अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारको हकहित, पेशागत सुरक्षा तथा नागरिक अधिकार संरक्षणको सवालमा गम्भीरताका साथ लाग्न समितिलाई सुझाव दिनुभयो । अर्का पूर्वअध्यक्ष शिव गाउँलेले लोकतान्त्रिक प्रणाली कता गइरहेको छ, संसद्मा कस्तो विधेयक जाँदैछ त्यसतर्फ ध्यान केन्द्रित गर्न तथा नागरिक र संवैधानिक सर्वाेच्चता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सम्झौतारहितरुपमा अघि बढ्न सुझाव दिनुभयो ।

पूर्वअध्यक्ष धर्मेन्द्र झाले महासङ्घको प्रत्यक्ष निर्वाचन प्रणालीले लोकतान्त्रिक व्यवस्थालाई फराकिलो बनाएको स्मरण गर्दै मुलुकको लोकतान्त्रिक प्रक्रिया सङ्कुचनमा परेको वर्तमान चुनौतीपूर्ण समयमा पत्रकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझै सशक्तरूपमा लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । पूर्वअध्यक्ष तारानाथ दाहालले पत्रकार महासङ्घले लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण अभ्यास यसपाली गरेको र यसले राजनीतिक क्षेत्रलाई पनि दिशानिर्देशक गर्नेमा विश्वस्त रहेको उल्लेख गर्नुभयो । अर्का पूर्वध्यक्ष डा सुरेश आचार्यले नेपाली पत्रकार प्रेस स्वतन्त्रताका लागि मात्रै नभई लोकतन्त्रका पक्षमा समेत लडेको स्मरण गर्दै सत्तासँग निरन्तर सङ्घर्ष जारी रहने उल्लेख गर्नुभयो ।

व्यावसायिक सङ्गठनको एकतामा जोड दिँदै आचार्यले संसद्मा रहेका मिडियासम्बन्धीका विभिन्न विधेयक पत्रकारको हितमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले ‘ती विधेक ठीक ढङ्गले सुधार गर्न सकिएन भने फिर्ता हुनुपर्छ’, भन्नुभयो । पोखरेल नेतृत्वको महासङ्घको नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारीले आजै पदभार समेत ग्रहण गर्नुभएको छ । गत चैत २५ गते पहिलो पटक मुलुकभर एकैसाथ प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार महासङ्घको निर्वाचन सम्पन्न भएको थियो । मुलुकभर सञ्चालमा रहेका सञ्चार माध्यममा काम गर्ने १३ हजार बढी पत्रकार महासङ्घमा आबद्ध छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago