एअरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ

काठमाडौँ, ५ वैशाख दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै यती एअरलाइन्सले स्वास्थ्य मापदण्डलाई कडाइ गरेको छ ।

फाइल फोटो

लामो समयको बन्दाबन्दीपछि स्वास्थ्य सतर्कतालाई प्राथमिकता राखेर उडान शुरु गरेको यतीले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डलाई कडाइ गरेको हो । यात्रुलाई सुरक्षित र सङ्क्रमणरहित यात्रा गराउने उद्देश्यले बन्दाबन्दीपछि स्वास्थ्य निर्देशिका बनाएको यतीले उक्त स्वास्थ्य निर्देशिकालाई कडाइका साथ पालना गराउने एअरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले राससलाई जानकारी दिनुभयो । “अहिलेको अवस्थामा सङ्क्रमण जोखिम कायम रहेपनि उच्च सतर्कता अपनाएर यात्रुलाई सुरक्षित यात्रा गराउन हामी प्रतिबद्ध छौँ”, प्रवक्ता बर्तौलाले भन्नुभयो ।

यतीले बन्दाबन्दीपछि जारी गरिएको स्वास्थ्य निर्देशिकालाई अनुशरण गरी उडान गर्दा अहिलेसम्म कसैलाई पनि कोरोना सङ्क्रमण नभएको उहाँको भनाइ छ । यतीले उडान पहिले यात्रुको सिट, लगेज तथा सामान निसङ्क्रमण गर्ने र यात्रुलाई सिट नम्बरको आधारमा विमानभित्र चढाउने तथा ओराल्ने व्यवस्था मिलाइएकाले ढुक्क भएर यात्रा गर्न आग्रह गरेको छ । विमानभित्र उपलब्ध सेवा भने हाललाई स्थगित गरिएको प्रवक्ता बर्तौैलाले बताउनुभयो । यती एअरलाइन्सले कोभिड–१९ सङ्क्रमित व्यक्तिलाई यात्रामा प्रतिबन्ध लगाउनुका साथै बृद्ध, दिर्घरोगी, गर्भवतीलाई सकेसम्म जहाजमार्फत यात्रा नगर्न अनुरोध गरेको छ ।

यस्तै, उडान अगाडि यात्रुले भर्नुपर्ने फारम अनिवार्य भर्नुपर्ने, उडानभन्दा एक घण्टा अगाडि विमानस्थल पुग्नुपर्ने, उडान अगाडि शरीरको तापक्रम जाँच गर्नुपर्ने, सेनिटाइजर तथा माक्सको अनिवार्य प्रयोग गर्नुपर्ने बताएको छ । यतीले यात्राका क्रममा भौतिक दुरी कायम गर्न, यात्रुलाई क्याविनमा हातेझोलाबाहेक अन्य झोला नलैजान, विमानमा घरपालुवा जनावर ओसारपसार नगर्न र विमानभित्र सिटमा बसिसकेपछि अनावश्यक रुपमा हिँड्डुल नगर्न आग्रह गरेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago