बुटवल । पश्चिम नेपाल बस ब्यवसायी प्रालिको आगामी नेतृत्वको लागी अध्यक्षमा दधिराम खरेल सर्बसम्मत निर्वाचित भएका छन । प्रालिका सञ्चालकहरुको बैठकले खरेललाई अध्यक्षमा सर्बसम्मत निर्वाचित गरेको छ । प्रालिको प्रवन्ध सन्चालकमा रामचन्द्र भुसाल र लेखा संयोजकमा मोहन पिएसलाई सर्वसम्मत निर्वाचित गरेको हो ।
सार्बजनिक यातायात क्षेत्रमा नेपालकको सबैभन्दा ठुलो यातायात प्रालिको रुपमा रहेको पश्चिम नेपाल बस ब्यवसायी प्रालिको गत फागुन २९ गते ११ जना सञ्चालकहरुको निर्वाचन भएको थियो ।
सञ्चालकहरुको बैठकले पदाधिकारीहरुको चयन गर्नुका साथै निर्वाचनमा सहयोग गर्ने सम्पुर्ण यातायात ब्यवसायी निर्वाचन समिती प्रालिका कर्मचारी, सुरक्षाकर्मी सञ्चारकर्मी सबैलाई धन्यवाद तथा आभार ब्यक्त गर्ने निर्णय गरेको सञ्चालक जीवन कुमार बन्जाडेले जानकारी दिए ।
प्रालि बन्नु अगाडीको २ वटा कार्यकाल लगातार पश्चिम नेपाल बस ब्यवसायी संघको अध्यक्ष रहेका दधिराम खरेल र पदमराज गाहाले प्यानल खाडा गरी चुनाबमा गएका थिए । समिततिबाट प्रालीमा रुपान्तरित भएपछि प्रालिको पहिलो अधिवेशन भएको हो ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…