विपिको लोकप्रिय कृति ‘आत्मवृतान्त’ जापनिज भाषामा प्रकाशनले गति लियो ।

कविकिरण न्यौपाने , जापान । विपिको लोकप्रिय कृति ‘आत्मवृतान्त’ जापनिज भाषामा प्रकाशित गरि जापनिज माझ चिनाउन पुस्तक प्रकाशन गर्ने कार्यले गति लिएको छ ।

उक्त कार्यको लागी डा सुदिप अधिकारीको संयोजकत्वमा डा विश्वराज कँडेल र सन्जिता श्रेष्ठ सदस्य रहेको ‘ विपिको कृति अन्तराष्ट्रियकरण तथा व्यवस्थापन समिति’ गठन गरिएको थियो। उक्त कृति करिव ३ सय पेज प्रकाशनका लागी जापानमा भाषा अनुवादको काम अन्तिम चरणमा पुगेको बताइएको छ। जापानमा प्रथम संस्करण ३ हजार प्रति छपाईने छ भने पुस्तकको मुल्य २ हजार ५ सय येन नबढाई तय गरिने उक्त समितिका सदस्य डा विश्वराज कँडेलको भनाई छ। पुस्तक प्रकाशनका लागी ३ हजार प्रतिको ७५ लाख येन खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको उनले बताए । जापानमा पुस्तक प्रकाशनमा गुणस्तरमा पनि ध्यान दिन पर्ने भएकोले लागत केहि बढन सक्ने उनको भनाई छ।

जापानमा नेपालीको मात्रै ३ हजार भन्दा बढि रेष्टुरेन्ट तथा व्यवशाय रहेकोले प्रत्येकले १ थान पुस्तक किन्दिए पनि पुस्तक प्रकाशनको खर्च उठ्ने उनले बताए। त्यस वाहेक पुस्तक किनेर जापनिजलाई उपहार प्रदान गर्न पनि सकिने उनि बताउछन । जापानमा रोजगारी, व्यवशाय तथा अध्ययनका लागी १ लाखको हाराहारीमा नेपालीहरु रहेका छन्। पुस्तकलाई सबैको साझा बनाउनका लागी विपिको आत्मवृतान्त प्रवर्द्धन सल्लाहकार समिति समेत गरिएको छ । जस्मा जापानमा रहेका राजनैतिक संगठनका प्रमुखहरु, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधीहरु रहेका छन् । जस्मा जापानका लामो समय रहेका संघिय सांसद रहेका डा सुर्य पाठक , एनआरएनए आईसिसि पूर्व अध्यक्ष भवन भट्ट लगाएत विभिन्न तह र तक्काका व्यक्तित्वहरू रहेको विपिको कृति अन्तराष्ट्रियकरण तथा व्यवस्थापन समिति’ का संयोजक डा सुदिप अधिकारीले बताए ।

यो पुस्तक कुनै राजनितिक पार्टीको मात्र नभएको अधिकारीले बताए । विपि साहित्यिक व्यक्तित्व समेत भएको र यस पुस्तकले जापानिजहरु लाई नेपाल र नेपाली चिनाउन सहयोगी बन्ने डा अधिकारीको तर्क छ। उनि हालै मात्र पुस्तकका वारे नेपालका सरोकालवाला नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली लगाएत राजनितिक दलका नेताहरुसंग छलफल गरेर जापान फर्किएको र सबै बाट सकारात्मक सहयोग प्राप्त भएकोमा सबैलाई धन्यवाद दिएका छन्।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago