फाइजरले माग्यो कोभिड–१९ को औषधि प्रयोगको अनुमति

काठमाडौं । अमेरिकी कम्पनी फाइजरले कोभिड–१९ विरुद्धको खाने औषधि बनाएको छ। फाइजरले यो औषधिको प्रयोगको लागि अनुमति दिन नियामकसमक्ष आवेदन दिएको छ। फाइजरको परीक्षणमा रहेको यो औषधि सफल भए यसलाई घरमै लिन सकिन्छ।

फाइल फोटो
अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार पछिल्लो समय अमेरिकामा कोरोना संक्रमण बढिरहेको समयमा फाइजरले कोभिड–१९ विरुद्धको औषधि बनाएको हो। जाडोयाम बढेसँगै कोरोना संक्रमण बढेको अमेरिकी अधिकारीहरुले बताएका छन्। 

फाइजरले अहिले बनाइएको औषधिले ठूलो मात्रामा कोरोना संक्रमणपछि अस्पताल भर्ना हुने मानिसको संख्यालाई घटाउने दाबी गरिएको छ। अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले यसअघि नै यो औषधिबारे अध्ययन गरिरहेको छ।

आगामी दिनमा अन्य साना औषधि निर्माताले पनि कोभिड–१९ को औषधि निर्माण गर्ने अपेक्षा छ। फाइजरका सीईओ अल्बर्ट बोउर्लाले कम्पनीले कोभिड–१९ को उपचार अब मानिसको हातहातमा पुर्‍याउने प्रयास गरेको बताएका छन्।

विशेषगरी फाइजरले यो औषधि सामान्य कोरोना संक्रमण देखिएका र गम्भीर समस्या देखिने जोखिम भएका मानिसको लागि ल्याएको हो। यो औषधि पनि अन्य औषधिजस्तै लिन सकिन्छ। अहिलेसम्म अमेरिकाले कोभिड–१९ को खाने औषधिलाई मान्यता दिएको छैन।फाइजरले आफ्नो औषधिले अस्पताल भर्ना हुने र कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ८९ प्रतिशतले घटाउने दाबी गरेको छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago