फाइल फोटो
काठमाडौं । अमेरिकी कम्पनी फाइजरले कोभिड–१९ विरुद्धको खाने औषधि बनाएको छ। फाइजरले यो औषधिको प्रयोगको लागि अनुमति दिन नियामकसमक्ष आवेदन दिएको छ। फाइजरको परीक्षणमा रहेको यो औषधि सफल भए यसलाई घरमै लिन सकिन्छ।
फाइजरले अहिले बनाइएको औषधिले ठूलो मात्रामा कोरोना संक्रमणपछि अस्पताल भर्ना हुने मानिसको संख्यालाई घटाउने दाबी गरिएको छ। अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले यसअघि नै यो औषधिबारे अध्ययन गरिरहेको छ।
आगामी दिनमा अन्य साना औषधि निर्माताले पनि कोभिड–१९ को औषधि निर्माण गर्ने अपेक्षा छ। फाइजरका सीईओ अल्बर्ट बोउर्लाले कम्पनीले कोभिड–१९ को उपचार अब मानिसको हातहातमा पुर्याउने प्रयास गरेको बताएका छन्।
विशेषगरी फाइजरले यो औषधि सामान्य कोरोना संक्रमण देखिएका र गम्भीर समस्या देखिने जोखिम भएका मानिसको लागि ल्याएको हो। यो औषधि पनि अन्य औषधिजस्तै लिन सकिन्छ। अहिलेसम्म अमेरिकाले कोभिड–१९ को खाने औषधिलाई मान्यता दिएको छैन।फाइजरले आफ्नो औषधिले अस्पताल भर्ना हुने र कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ८९ प्रतिशतले घटाउने दाबी गरेको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…