फाइल फोटो
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसियसनले तेस्रो चरणको आन्दोलन शुरू गरेको छ ।
आन्दोलनका क्रममा बारले बुधवार पनि सर्वोच्च अदालतको गेटमा धर्ना र प्रदर्शनलाई निरन्तरता दिएको हो । मङ्सिर ३ गतेसम्म जबरालाई अदालत प्रवेश निषेध र धर्नाको कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
आज पनि धर्नाका लागि कानून व्यवसायीहरू सर्वोच्च अदालतको परिसरमा जम्मा भएका छन् । बारले देशव्यापी रूपमा जबराविरुद्ध आन्दोलन चर्काएको हो ।
बारकै आन्दोलनलाई साथ दिँदै न्यायाधीशहरूले पनि बन्दी प्रत्यक्षीकरणबाहेक अन्य इजलास बहिष्कार गर्दै आइरहेका छन् ।तर जबराले भने बार र न्यायाधीशको अवज्ञा आन्दोलनलाई चुनौती दिँदै घरबाटै इजलास तोक्ने काम जारी राखेका छन् । आज उनले आफूबाहेकका ९ इजलास तोकेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…