सर्वोच्च परिसरमा बारको आन्दोलन आज पनि यथावत, जबरालाई मूलगेटबाट प्रवेश गर्न नदिने रणनीति

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसियसनले तेस्रो चरणको आन्दोलन शुरू गरेको छ ।

फाइल फोटो

आन्दोलनका क्रममा बारले बुधवार पनि सर्वोच्च अदालतको गेटमा धर्ना र प्रदर्शनलाई निरन्तरता दिएको हो । मङ्सिर ३ गतेसम्म जबरालाई अदालत प्रवेश निषेध र धर्नाको कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

आज पनि धर्नाका लागि कानून व्यवसायीहरू सर्वोच्च अदालतको परिसरमा जम्मा भएका छन् । बारले देशव्यापी रूपमा जबराविरुद्ध आन्दोलन चर्काएको हो ।

बारकै आन्दोलनलाई साथ दिँदै न्यायाधीशहरूले पनि बन्दी प्रत्यक्षीकरणबाहेक अन्य इजलास बहिष्कार गर्दै आइरहेका छन् ।तर जबराले भने बार र न्यायाधीशको अवज्ञा आन्दोलनलाई चुनौती दिँदै घरबाटै इजलास तोक्ने काम जारी राखेका छन् । आज उनले आफूबाहेकका ९ इजलास तोकेका छन् ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago