नीति तथा कार्यक्रम र बजेटको अनलाइन सुझाव संकलन

किरण कौशल
पाल्पा ३ असार
कोरोना कहर बढेकोले पाल्पाका स्थानीय तहले आगामी बर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटका लागि अनलाइन विधिबाट सुझाव मागेका छन् । बस्ती र वडास्तरमा भेलाहरु गर्न सम्भव नभएपछि पालिकाले अनलाइन प्रश्नावली तयार गरेर त्यही सुझाव दिन मिल्ने गराएका छन् । पालिकाहरुले फेसवुक, ईमेल र अन्य सामाजिक सञ्जालबाट समेत सुझाव संकलन गर्न थालेका छन् । रम्भा गाउँपालिकाले २६ वटा प्र्रश्नावली मार्फत आर्थिक विकास, समाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थान र शुसासन तथा संस्थागत विकास क्षेत्रगत विषयमा सुझाव माग गरेको छ ।
कोरोना जोखिम रहेको असार १० भित्र नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसक्नु पर्ने भएकोले अनलाइनबाट सरोकारवाला सबै पक्षसंग सुझाव माग गरिएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए । पालिकाले पूर्वाधार विकाससंगै कोराना नियन्त्रण र रोकथामका उपायहरु, संस्थागत सुत्केरी र लैङ्गिक समानता क्षेत्रमा सुधारका उपायहरु सुझावमा दिन आव्ह्रान गरेको छ । पालिकाको समग्र विकासका सञ्चालन गर्न सकिने नमूना कार्यक्रमहरु, कृषिमा आत्मनिर्भर बनाउने विधि, सुशासन प्रर्वद्धन, गाउँ गाउँमा रोजगारीको र लक्षित बर्ग उत्थानमा गर्नुपर्ने कार्यक्रम लगायतमा सुझाव माग गरिएको छ ।
बगनासकाली गाउँपालिकाले पालिकाको फेसवुक पेज र ईमेलमा सुझाव माग गरेको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, पुर्वाधार, कृषि, पशुपालन, रोजगारी र शुसासन क्षेत्रमा सुझाव मागिएको पालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । जिल्लाका धेरै पालिकाहरुले अनलाइन सुझाव संकलन थालेका छन् ।

 

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago