नागोयामा र्निवाचन समितिले मुख खोल्यो ,दुबै समितिले लिए सपथ ।

कविकिरण न्यौपाने । नागोया एक पक्षले र्निवाचन समितिले निधान विपरित संयोजकको उमेदवार मनोजवम मल्ललाई उमेदवारी दर्ता गराएको भन्दैं र्निवाचन बहिस्कार गर्यो। उनिहरुले समानान्तर समिति गठन पछि भएको र्निवाचन पश्चात  निवाचन समितिले मुख खोलेको छ। र्निवाचन समितिले प्रेस विज्ञप्ति मार्फत आफ्नो धारणा राखेको हो। विज्ञप्तिमा भनिएको छ विवाद उत्पन्न भए पछि आ-आफ्ना ढंगबाट तर्क-वितर्क आऊनु र आफु पक्षीय लबिंगहरु आ-आफ्नै ढंगबाट आऊनु स्वभाविक नै हो । निर्वाचन समितिको आपसी छलफलबाट समस्याको समाधान होस् भन्ने चाहना मुताबिक सम्बन्धित पक्षहरुसंग पटक पटक छलफल नभएका होईनन । तर सम्बन्धित पक्षहरुबाट विवादको निराकरण नभै-सकेपछि निर्वाचन समितिले राष्ट्रीय समन्वय समिति (रासस) कै बिधान समिति , आइसीसीका बिधानमा सम्बद्द ब्यक्तिहरु, तथा केहि कानुनविदहरुसंग पनि सुझाव लिई निर्वाचन प्रक्रिया सम्बन्धि आवश्यक प्रक्रिया अघि बढाएको भनिएको छ।

निर्वाचन प्रक्रिया अघि बढेसंगै एक पक्षले निर्वाचन समिति माथि नै बिभिन्न लान्छना लगाई सामाजिक संजाल रंगाउने कामको शुरूवात भएको भन्दै प्रजातान्त्रिक समाजमा आफ्नो कुरा राख्न पाउने पूर्ण अधिकार हो ।  त्यो भएता पनि यस समिति प्रति गैर-जिम्मेवारपूर्ण, अतिरंजित र फेक न्युज यहि समाजका जिम्मेवारपूर्ण व्यक्तित्वहरुबाट नै गरियो र गर्न लगाईयो ,जे-जस्ता हिलो छ्यापने काम गरेता पनि यस समितिले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै पूर्ण निष्पक्षका साथ सफल अनलाइन निर्वाचन सम्पन्न गरिएको भनिएको छ।

उता मनोज मल्लको संयोजक पदमा दिएको उमेद्धवारी विधान विपरित रहेको विषयलाई लिएर तिव्र विवाद सृजना भएपछि संयोजक पदमा उमेद्धवारी दिएका गंगा घर्तीमगर र रामबहादुर खत्रीले निर्वाचन समितिले तोकेको निर्वाचन प्रक्रियाबाट बाहिरिएर समानान्तर समिति गठन गरेका थिए । सोही समानान्तर समितिलाई संरक्षक केसीले सपथ ग्रहण गराएका थिए।सपथ लिनेमा संयोजक गंगा घर्तिमगर, उप–संयोजक ईन्द्र पराजुली र पदम गुरुङ ,उप–संयोजक महिलामा सबित्री गुरुङ ,सचिब भैरवप्रसाद अधिकारी ,सहसचिब बिनोदकुमार सापकोटा ,कोषाध्यक्ष रोशन गुरुङ ,सह – कोषाध्यक्ष सञ्जय तामाङ मेन्दोला रहेका छन्। सपथ लिनेहरमा कार्य समितिका सदस्य बिकाश आलेमगर ,रमेश श्रेस्ठ ,शिब खडका ,खडानन्द सापकोट ,मनोज ढुङ्गना ,हरीकृष्ण काजी बिकास राना रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा सन्तोशी गुरुङ, चिना रोक्का ,रुपेश चोचाङ्गी पुन ,डम्मर क्षेत्री ,पुजन ओझा ,आशिष दाहाल ,सुशान घताने र नरेश राई रहेका छन्।

कार्यक्रममा प्रवासी नेपाली एकता मंचका सचिब डा सरोज कंडेल, पत्रकार महासंघ जापानका पूर्व उपाध्यक्ष बिनोद कुमार सापकोटा, व्यवशायीहरु सुरज मल्ल, राजेन्द्र श्रेष्ठ, जनजाति महासंघका प्रतिनिधी, चितवन समाजका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

त्यसै र्निवाचन समितिले घोषणा गरेको समितिले पनि मंगलवार सपथ लिएको छ। जसअनुसार निर्वाचन प्रक्रियामा ६२९ जनाले मतदान गरेका र कुल मतदाता संख्या १३०५ रहेको जनाएको छ । खसेको मतमध्य ५२९ मल्लले, ३२ गंगा घर्तीमगर र २८ रामबहादुर खत्रीले प्राप्त गरेको उल्लेख गरिएको छ । अन्तिम समयमा र्निवाचन गर्न योग्य मतदाता सिस्टमले १२१० जना भएको बताइएको थियो। तर घर्ती र खत्रीले निर्बाचन प्रक्रियालाई बहिस्कार गरेर विज्ञप्ती सार्वजनिक गर्दा पनि आफूहरुको नाम समावेश गरेकोमा आपत्ती जनाएका थिए। निर्बाचन समितिले गराएको जानकारी अनुसार उप–संयोजकमा भेषनाथ गौतम कृष्ण, सचिवमा विष्णुबहादुर कार्की, सहसचिवमा निलम राउत, सहकोषाध्यक्षमा सरोज बडाल निर्वाचित भएको उल्लेख गरिएको छ । त्यसैगरि कुशल पौडेल, दलबहादुर कार्की। मित्रलाल सिग्देल, रमेश श्रेष्ठ, विप्लब श्रेष्ठ, राजेश अधिकारी, सागर थापा र नरेश राई निर्वाचित भएको जानकारी गराइएको थियो। उक्त समितिलाई एनआरएनए  जापानका उपाध्यक्ष दिपक कार्कीले सपथ गराएका थिए। 

जापानमा रहेका सबै क्षेत्रिय समितिहरुमा सहमतिमा सर्व सहमत रुपमा समिति निर्माण भएका थिए।नागोयामा भने केहि व्यवसायीले व्यक्तिगत समस्या संस्थामा लगेर जोडने र एनआरएनएमा आफ्नो र्वचश्व देखाउने प्रवृतिका कारण यस्तो अवस्था आएको जानकारहरु बताउँछन ।

Bishawas Acharya

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago