सिद्धार्थ राजमार्गमा पहिरोको जोखिम, दिनदेखि बन्द राजमार्ग खुलाउने प्रयास भएपनि बर्षाकाे कारण असहज

भविन्द्र गौतम
पाल्पा ३ असार
अविरल बर्षासंगै सिद्धार्थ राजमार्ग ठाउँ ठाउँमा खसेका पहिरोले सडकको यात्रा जोखिमपूर्ण बनेको छ । तिनदिन देखि बन्द तानसेन नगरपालिका ८ गौडेपुल नजिकै खसेको पहिरो हटाउन प्रयास भइरहेको छ । तिन दिनदेखि बन्द राजमार्ग खुलाउने प्रयास भएपनि बर्षा भइरहेकाले अप्ठारो भएको छ यहाँ माथिबाट खसेको पहिरो र तलबाट डुम्रे खोलाले सडक कटान गरेपछि झण्डै ४० देखि ५० मिटर सडक बगाएको छ । राजमार्गको कालीमाटी, झुम्सा र दोभान क्षेत्र लगायत धेरै स्थानमा पहिरो खसेको प्रहरी चौकी प्रभासका प्रहरी नायव निरिक्षक भरत बहादुर थापाले बताउनु भयो ।

राजमार्गको दोभानदेखि राम्दी खण्डमा ठाउँ ठाउँमा खसेको पहिरो हटाएर एकतर्फी सडक सञ्चालनमा आएको छ । राजमार्ग बन्द भएपनि सवारी सधानको बाटोमै रोकिएका छन् । आर्यभञ्जाङ–रामपुर, कालीगण्डकी कोरिडोर र बाँसटारी–झडेवा सहित जिल्लका धेरै ग्रामिण सडकहरुमा पहिरो खसेका छन् । आर्यभञ्जाङ–रामपुरको सिलुवाको चाँपगैरा ठुलो पहिरो खसेको छ । सडक डिभिजन कार्यालय खसेका पहिरो हटाएपनि एक स्थानको हटाउदा अर्को स्थानमा पहिरो खस्ने गरेको छ । कोरोना कहरका बेलामा खाद्यन्न र निर्माण सामाग्री बोकेका सवारी सधानहरु अलपत्र परेका छन् । आफुसंग भएको खानेकुरा सकिएको बाहिर किन्न कोरोनाले पसलहरु पनि बन्द भएकाले अप्ठारो परेको ट्रक चालक अरुण रसालीले बताउनु भयो ।

कालीगण्डकीको वहाव बढेपछि पर्यटकीय स्थल रानीमहल क्षेत्र, रुरु धाम रिडी सहित नदी तटीय बस्तीहरुमा जोखिम बढेको थियो । रानीमहलको नदी र बराङदी खोला तटमा बनेको होटल, रानीमहलको पार्क ढुवानमा परेको छ । रिडी खोला र नदीको वहाव बढेपछि रु रु धार्मिक क्षेत्रमा त्रास बढेको छ । कालीगण्डकी नदीमा बन्न लागेको तिनमुखी पुल र रुरु धार्मिक क्षेत्र तटबन्दका निर्माण सामाग्रीहरु बगाएको छ । तिन दिन देखि परेको अविरल बर्षाले खोला र नदीहरुमा बन्दै गरेका पक्की पुलहरुमा समेत क्षति पुगेको छ ।

 

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago