तानसेन । पाल्पामा सोमबार थप २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा ११८ पुरुष तथा १०३ महिलामा संक्रमण पुष्टि भएको हो । यो अबधिमा १ सय ४० जना संक्रमित संक्रमणबाट मुक्त भएका छन ।
थपिएका संक्रमितसंगै हालसम्म जिल्लामा सक्रिय संक्रमित संख्या १ हजार ५ सय ६५ पुगेको छ ।जसमध्ये अस्पतालमा ७४ जना उपचाररत छन । यस्तै अस्पतालको आइसोलेशनमा ६९ जना रहेका छन भने १ हजार ४ सय ९१ जना होम आइसोलेशनमा बस्दै आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कोरोना सङ्ंक्रमणका कारण मृत्यु हुनेको संख्या हाल सम्म ६७ पुगेको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…