पाल्पा अस्पतालमा अक्सिजनको अभाब, ब्यवस्थापन नभए उपचार प्रभावित हुने

पाल्पा । दुईदिन अगाडी मात्र संचालनमा आएको पाल्पा अस्पतालको आइसोलेसनमा अक्सिजन अभाब भएको छ । अस्पतालले जारी गरेको नोट अनुसार पाल्पा अस्पतालमा अक्सिजन सिलिन्डर एकदमै आवस्यक रहेको र रिफिल गर्न समेत समस्या रहेकाले सहयोग माग गरेको छ।

पाल्पा अस्पतालका सूचना अधिकारी बिशर्जन शर्माका अनुसार कोरोना संक्रमण भएका बिरामीको लागी १४ वटा आइसोलेसन बेड छुट्टयाइएको छ । अहिलेसम्म अस्पतालमा ११ जना कोरोना संक्रमित बिरामीको उपचार भैरहेको छ । जसमध्ये १० जना बिरामीलाई अक्सिजन दिइरहेको छ । अस्पतालमा अहिलेसम्म ४ वटा मात्र अक्सिजन सिलिन्डर बाकी रहेको छ । यो सिलिन्डरले अबको ६ घण्टासम्म मात्र पुग्ने अस्पतालले जनाएको छ ।

सूचना अधिकारी शर्माका अनुसार सिलिन्डर भर्न अस्पतालको गाडी बुटवल गएको छ तर अहिलेसम्म भर्न सकेको छैन । समयमै ब्यवस्थापन हुन नसके बिरामीको उपचार प्रभाबित हुने देखिन्छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago