पाल्पा । दुईदिन अगाडी मात्र संचालनमा आएको पाल्पा अस्पतालको आइसोलेसनमा अक्सिजन अभाब भएको छ । अस्पतालले जारी गरेको नोट अनुसार पाल्पा अस्पतालमा अक्सिजन सिलिन्डर एकदमै आवस्यक रहेको र रिफिल गर्न समेत समस्या रहेकाले सहयोग माग गरेको छ।
पाल्पा अस्पतालका सूचना अधिकारी बिशर्जन शर्माका अनुसार कोरोना संक्रमण भएका बिरामीको लागी १४ वटा आइसोलेसन बेड छुट्टयाइएको छ । अहिलेसम्म अस्पतालमा ११ जना कोरोना संक्रमित बिरामीको उपचार भैरहेको छ । जसमध्ये १० जना बिरामीलाई अक्सिजन दिइरहेको छ । अस्पतालमा अहिलेसम्म ४ वटा मात्र अक्सिजन सिलिन्डर बाकी रहेको छ । यो सिलिन्डरले अबको ६ घण्टासम्म मात्र पुग्ने अस्पतालले जनाएको छ ।
सूचना अधिकारी शर्माका अनुसार सिलिन्डर भर्न अस्पतालको गाडी बुटवल गएको छ तर अहिलेसम्म भर्न सकेको छैन । समयमै ब्यवस्थापन हुन नसके बिरामीको उपचार प्रभाबित हुने देखिन्छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…