रामपुर क्याम्पस घटनाका दोषीलाई कारवाही माग

काठमाडौँ, ४ वैशाख । नेपाली कांग्रेस संसदीय दलले रामपुर कृषि क्याम्पस, चितवनमा नेपाल विद्यार्थी सङ्घका विद्यार्थीमाथि भएको साङ्घातिक हमलाको निन्दा गरेको छ ।

प्रतिनिधी तस्वीर

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज विज्ञप्तिमार्फत घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्नुभएको छ । साथै उहाँले शैक्षिक क्षेत्रलाई प्राज्ञिक थलोका रुपमा विकास गर्न, शान्तिपूर्ण विचार प्रकट गर्ने एवं ज्ञानको खोजी तथा अनुसन्धान गर्न सक्ने संस्था बनाउनसमेत आग्रह गर्नुभएको छ । ‘शिक्षण संस्थाहरु भनेका ज्ञान आर्जन गर्ने थलोमात्र नभई स्वतन्त्र र निर्भयपूर्वक शिक्षण गर्ने शान्ति क्षेत्र पनि हो । यसरी शान्ति क्षेत्रमा नै हतियारसहित आक्रमण हुनु अत्यन्त दुःखद पक्ष हो । हातियारसहित विद्यार्थीहरुमाथि आक्रमण हुँदा पनि स्थानीय प्रशासन मुकदर्शक बनेर बस्नु लज्जास्पद विषय हो । प्रशासनको यो लाचारिताप्रति कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ’, विज्ञप्तिमा उल्लेख छ । हतियारधारी समूहको आक्रमणबाट दीपेश बानियाँ, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्य घाइते हुनुभएको जानकारी गराउँदै प्रमुख सचेतक खाणले उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago