काठमाडौँ, ४ वैशाख । नेपाली कांग्रेस संसदीय दलले रामपुर कृषि क्याम्पस, चितवनमा नेपाल विद्यार्थी सङ्घका विद्यार्थीमाथि भएको साङ्घातिक हमलाको निन्दा गरेको छ ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज विज्ञप्तिमार्फत घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्नुभएको छ । साथै उहाँले शैक्षिक क्षेत्रलाई प्राज्ञिक थलोका रुपमा विकास गर्न, शान्तिपूर्ण विचार प्रकट गर्ने एवं ज्ञानको खोजी तथा अनुसन्धान गर्न सक्ने संस्था बनाउनसमेत आग्रह गर्नुभएको छ । ‘शिक्षण संस्थाहरु भनेका ज्ञान आर्जन गर्ने थलोमात्र नभई स्वतन्त्र र निर्भयपूर्वक शिक्षण गर्ने शान्ति क्षेत्र पनि हो । यसरी शान्ति क्षेत्रमा नै हतियारसहित आक्रमण हुनु अत्यन्त दुःखद पक्ष हो । हातियारसहित विद्यार्थीहरुमाथि आक्रमण हुँदा पनि स्थानीय प्रशासन मुकदर्शक बनेर बस्नु लज्जास्पद विषय हो । प्रशासनको यो लाचारिताप्रति कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ’, विज्ञप्तिमा उल्लेख छ । हतियारधारी समूहको आक्रमणबाट दीपेश बानियाँ, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्य घाइते हुनुभएको जानकारी गराउँदै प्रमुख सचेतक खाणले उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…