काठमाडौंका सडक धमाधम भत्काइँदै : धुलो र हिलो अझै कति वर्ष

काठमाडौं काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भाषणमा नछुटाई एउटा कुरा दोहोर्‍याउँछन्, ‘मेलम्ची खानेपानीआयोजनाको काम सकिएपछि काठमाडौं हिलोधुलोमुक्त हुन्छ गत २२ पुसमा मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध कामय भएको घोषणा गर्दा पनि शाक्यले काठमाडौं महानगरपालिकाको धेरैबजेट सडक खन्ने पुर्ने काममा खर्च भइरहेको बताउँदै निकट भविष्यमै मेलम्चीको काम सकिएपछि सडक सफा हुने बताएका थिए सडक विभागका अधिकारीहरु भने सडकलाई तुरुन्तै धुलोहिलोमुक्त गर्न नसकिने निष्कर्ष सुनाउँछन्

फोटो फाईल

कोरोना महामारी नियन्त्रण गर्न गत चैतमा लकडाउन गरिएपछि सवारी नगुडेर चिल्ला देखिएका काडमाडौंका सडकका तस्वीरहरु भाइरलबनेका थिए त्यतिबेला सडक गज्जबको बनाएको भन्दै वाहवाही कमाएको सडक विभाग अहिले फेरि सडक पुरानै हालतमा पुगेकोस्वीकार्छ विभागका अधिकारीहरु मुख्य रुपमा यसका तीन कारण सुनाउँछन्पहिलो, विभिन्न क्षेत्रमा भइरहेको सडक विस्तार, दोस्रो मेलम्चीआयोजनाको खानेपानीको पाइप बिछ्याउने काम तेस्रो नेपाल विद्युत प्राधिकरणको बिजुलीको तार बिछ्याउने काम

यी काम चलिरहँदासम्म उपत्यकाका सडकलाई हरेक वर्ष अर्बौं खर्चेर सुधार गरे पनि परिणाम प्राप्त नहुने अवस्था देखिएको विभागकोभनाइ डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपाली उपत्यकाका बाँकी क्षेत्रमा मेलम्चीका पाइप बिछ्याउन काठमाडौं उपत्यकाखानेपानी लिमिटेड (केयूकेएल)ले सहमति मागेको बताउँछन्

फोटो फाईल

अहिले विद्युतको तार भूमिगत भइरहेको , अब केही क्षेत्रमा मेलम्चीले फेरि पाइप बिछ्याउन काम अघि बढाउन लागेको ’, उनीभन्छन्, ‘यो अवस्थामा हामीले गरेका प्रयास निरर्थक नै हुनेछ बिजुली खानेपानीका लाइन बिछ्याउन सहयोग गर्नैपर्ने भएकाले काठमाडौंका सडकहरु तत्कालै धुलोहिलोविहीन हुन्छ भन्न नसकिनेसडक डिभिजन कार्यालयको भनाइ

९०० किमी सडक खन्दै मेलम्ची

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले चक्रपथभित्रैधुम्बाराहीदेखि कलंकीसम्मका विभिन्न क्षत्रेमा साढे तीन सय किमि पाइप बिछ्याउन बाँकी चक्रपथबाहिर पनि चार सयदेखि पाँचसय किमिमा वितरण सञ्जाल विस्तारको काम गर्न योजना तयार

महाराजगञ्ज, सामाखुशी, कलंकी, पेप्सीकोला, गोठाटार, ठिमी, भक्तपुर, कीर्तिपुर, कपन, बौद्ध, चाबहिल, जोरपाटी, मण्डिखाटारलगायतका क्षेत्रमा पाइप बिछ्याउन सडक खन्नुपर्नेछ पीआईडीका अनुसार चक्रपथभित्र पाइप बिछ्याउन थालेपछि उपत्यका फेरिएकपटक धुलोले ढाकिने निश्चित जस्तै यो कामको लाािग करिब अर्ब खर्च गर्ने गरी ठेक्का लागिसकेको पीआईडीका प्रवक्ता उज्ज्वल प्रजापति बताउँछन् उनका अनुसारसन्दरीजलदेखि चाबहिलसम्म वितरण लाइनको लागि नयाँ पाइप पनि बिछ्याउन लागिएको

फोटो फाईल

पीआईडीले मुख्य क्षेत्रमा धुलो फैलिन नदिन विकल्पहरु पनि प्रयोग गर्ने बताएको मुख्य चोकहरुमा नखनीमाइक्रोटनेलिङअर्थातट्रेंकलेसप्रविधि प्रयोग गर्ने योजना तर, सबै सडकमा यो महँगो प्रविधि उपयोग हुन सक्दैन

पीआईडीले पहिलो चरणमा चक्रपथभित्रका कुल हजार १२ घरधुरीमा नयाँ पाइपलाइन पुर्‍याउनेछ अहिलेसम्म ८० हजार घरधुरीमानयाँ पाइपलाइन पुर्‍याइसकिएको चक्रपथभित्र वितरण लाइनको २० प्रतिशत पाइप बिछ्याउन बाँकी ,’ प्रवक्ता प्रजापति भन्छन्, ‘सडक खनेपछि उचित व्यवस्थापन गर्ने समयमै बनाउने पक्षमा ध्यान दिइने

तार भूमिगत अस्तव्यस्त

अहिले विद्युतको तार भूमिगत गर्न पनि काठमाडौं उपत्यकाभित्र विभिन्न क्षेत्रमा सडक खनिँदैछ तर, काम अस्तव्यस्त तरिकाले भएकोभन्दै सडक विभाग नेपाल विद्युत प्राधिकरणसँग रुष्ट बनेको प्राधिकरणलेहोराइजेन्टल डाइरेक्सनल ड्रिलिङप्रविधिबाट तार अन्डर ग्राउन्ड गर्ने गरी सडक विभागसँग समझदारी गरेको थियो योप्रविधिमा करिब सय मिटरको अन्तरमा सडकमा खाल्डो खन्नुपर्छ त्यस्तो खाल्डो १० दिनभित्र पुर्ने सहमति भएको थियो

सडक विभागका महानिर्देशक केशवकुमार शर्मा विद्युत प्राधिकरणले समझदारीअनुसार काम नगरेको बताउँछन् खनेको सडकमा छिटोकालोपत्रे गर्न आग्रह गरे पनि ढिलाइ हुँदा सडकमा धुलो जम्मा भएको उनको गुनासो

फोटो फाईल

काठमाडौं सडक डिभिजन प्रमुख नेपाली पटकपटक पत्राचार छलफल गरेर प्राधिकरणलाई सम्झौता अनुसार खनिएको सडकमाकालोपत्रे गर्न भनिए पनि अटेरी भइरहेको बताउँछन्

उहाँहरुले प्रविधि प्रयोग गरिएकाले धेरै खन्न पर्दैन भन्नुभएको थियो, तर अहिले पूरै सडक खनिएको ,’ उनी भन्छन्, ‘खनिएका खाल्डासमयमै नपुरिँदा स्थानीय यात्रुलाई धुलो सास्ती भएको

गत वर्षको फागुन गते प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका मुख्य सडकमा तार भूमिगत गर्ने परियोजनाको उद्घाटन गरेका थिए प्राधिकरणले एसियाली विकास बैंक (एडीबी)को ऋण लगानीमा काठमाडौं जिल्लाको शहरी क्षेत्रभित्र ११ केभी लाइनको तार भूमिगतगरिरहेकोे ललितपुर भक्तपुरका शहरी क्षेत्रका लागि टेन्डर अह्वान भएर ठेकदार परिचालन हुन बाँकी

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवाल खनिएका सडक मर्मत ढिलो भएको स्वीकार्छन् सकेसम्मकम सडक खन्ने खनेको भाग तुरुन्तै बनाउन ठेकदारलाई भनिरहेको उनले बताए

सडक विस्तार पनि चुनौती

काठमाडौंमा करिब १० वर्षअघिबाट सुरु भएको सडक विस्तारको काम पनि धुलो हिलो बढाउने कारक बनेको २०७२ सालबाटसुरु भएको चाबहिलसाँखु सडकखण्ड अझै बनिसकेको छैन सातदोबाटोढोलाहिटी सडक खण्ड पनि अलपत्र गोदावरी जानेसडकको पनि विस्तारको काम अलपत्र

कतिपय भित्री सडक विस्तारको लागि ठेक्का लागे पनि काम नहुँदा खाल्डोको साम्राज्य

चक्रपथको कलंकीमहाराजगञ्जधोबिखोला खण्ड विस्तार गर्न साइट क्लियर गर्ने काम गरिरहेको सूर्यविनायकधुलिखेल सडकखण्ड पनि विस्तारको लागि प्रक्रिया अघि बढेको यी सडक खण्डका काम नसकिएसम्म बर्षायाममा हिलो हिउँदमा धुलोमय हुनेअवस्था रहेको विभागको भनाइ उपत्यका धुलो हिलोबाट मुक्त हुन अझै केही वर्ष लाग्ने स्पष्ट देखिएको सवारी साधनहरुले एक ठाउँको धुलो हिलो अर्कोठाउँसम्म पुर्‍याउने वायुमण्डलमा फैलिने क्रम अझै तीन वर्षसम्म जारी रहन सक्ने सडक विभागका अधिकारीहरु बताउँछन्

फोटो फाईल

आवधिक मर्मत गरेर उपत्यकाका सडकलाई धेरै हदसम्म पुनर्जीवन दिएका छौं,’ विभागका महानिर्देशक शर्मा भन्छन्, ‘सडक खण्डहरुपुरानै हालतमा नफर्किउन् भनेर अधिकतम् प्रयत्न गरिरहन्छौं, तर यो हाम्रो मात्र हातमा छैन

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago