ताराखोलामा परम्परागत हरिबोधनी एकादशी मेला

थम्मन थापा बागलुङ कात्तिक ३०
गण्डकी प्रदेश सरकारका भुमी व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा सागरले जनप्रतीनिधी जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । ताराखोला गाउँपालिका वडा नं ३ हिल घुस्मेलीमा त्रिशुली युवा क्लवले आयोजना गरेको परम्परगत एवं ऐतिहाँसिक हरिबोधनी एकादशी मेलालाई सम्वोधन गर्दै मन्त्री बुढाले यस्तो बताएका हुन ।
जिल्लाको दुर्गम गाउँमा रहेर पनि क्लवले सामाजिक क्षेत्रमा पुराएको योगदानको प्रशंशा मन्त्री बुढाले गाउँमा भएका प्राकृतिक स्रोत, कृषि, वन पैदावार सञ्चालमा ल्याएर उत्पादनमा जोडिन आम नागरिकलाई आग्रह समेत गरे । उनले गण्डकी प्रदेश सरकारले एक घर एक धाराको अवधारणा अनुसार ताराखोला गाउँपालिकामा सबै घरधुरीमा खानेपानी पुर्याउने लक्ष्य राखेको उल्लेख गरे ।
मेलाको अवसरमा बोल्दै गण्डकी प्रदेश सरकारका सांसद दिलमाया रोका दिपाले युवाहरु समाज परिवर्तनका संवाहक भएकोले युवाहरुले समाज रुपान्तपणमा सकरात्मक र रचनात्मक भुमिका खेल्नुपर्ने बताईन । संस्थाले गाउँपालिका भित्र गरेका सामाजिक गतिविधीले आफु हर्षित रहेको उल्लेख गर्दै सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोगमा आफु प्रतिवद्व रहेको उनको भनाई छ । त्यस्तै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले युवाहरु विकास निर्माणका काममा अग्रसर भए समाजले छोटो समयमानै काँचुलि फेर्ने बताए ।
मेलाको अवसरमा आयोजना गरिएको खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा नगद रु ६५ हजार ट्रफी र मेडल हात पार्दै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले उपाधी उचालेको छ । प्रतियोगितामा गलकोट नगरपालिका वडा नं २ नरेठाँटी द्धितिय भएको छ । मेलामा सामुहिक लोक नृत्य लगायतका विविध कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष जीवन बस्नेतले जानकारी दिए ।
हरिवोधनी एकादशीको अवसरमा स्थानिय त्रिशुली नदिमा बाजा, भजन सहित ३ सय ६५ हात लामो तोरण तारिएको छ । मेला अवधिभर राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु चिज गुरुङ, दिप्लभ खाती, वसन्ती थापा मगर, टेकेन्द्र बोहोरा, शर्मिला विसी लगायतका कलाकारले सांगितिक प्रस्तुती प्रस्तुत रहेको संस्थाका सदस्य सविता खत्रीले बताईन । “घुम्टे हाम्रो शान, पर्यटन विकास हाम्रो अभियान” भन्ने मुल नाराका साथ सामाजिक संस्था त्रिशुली युवा क्लवले हरिबोधनी एकादशी मेलाको अवसरमा कात्तिक २६ गतेदेखि मेला प्रारम्भ गरेको थियो ।
bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago