तानसेन । ऐतिहासिक नगर तानसेनको विकासमा मार्गदर्शकका रुपमा लिएर कार्यान्वयन गरिने नगर बृहत योजना–२०७७ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमका बिच लुम्विनी प्रदेश सभासद् वीर बहादुर रानाले नगर बृहत योजना–२०७७ बिमोचन गर्नुभयो । बिमोचन गर्दै सभासद रानाले योजना बनाउन समस्या नभएकाे तर कार्यान्वयन पक्ष सधैं फितलाे हुने गरेकाे बताउनुभयो ।
अष्ट्रेयाली सहायता र द एसिया फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको याेजना सार्वजनिक गर्दै नगरको विकास कसरी गर्ने भनेर खाका तयार पारेका याेजनाहरू समावेश गरिएकाे तानसेन नगर प्रमुख अशाेककुमार शाहीले बताउनुभयो । अल्पकालिन, मध्यकालिन र दीर्घकालिन गरी तीन तहका बिकास योजनाहरू नगर बृहत योजना–२०७७ मा समावेश गरिएकाे छ । अल्पकालिन २–३ वर्ष, मध्यकालिन ३–७ वर्ष, र दीर्घकालिन ८–२० वर्षका योजनाहरू रहेका छन । बस्तीस्तरका मानिस तथा सरोकारवाला पक्षसँगको छलफलबाट बनाइएका योजनाहरुले तानसेनको बिकासमा महत्त्वपूर्ण रहने प्रमुख शाहीले बताउनुभयो ।
अल्पकालिन योजनाका लागि नगरपालिकाले २ अर्ब १६ करोड रुपैया लागत अनुमान गरेको छ । यस्तै मध्यकालिन योजनाका लागि ६ अर्ब ६५ करोड रुपैया लागत लाग्ने अनुमान गरेको छ । समग्र रुपमा हरेक वर्ष बृहत योजना कार्यान्वयन गर्न १ अर्ब २८ करोड रुपियाँ खर्च लाग्ने अनुमान नगरपालिकाको रहेको छ । साेही अवसरमा तानसेन नगरपालिकाको त्रैमासिक बुलेटिन ‘हाम्रो तानसेन’ र पर्यटन प्रवर्दनात्मक ब्रोसर समेत सार्वजनिक गरिएको थियो ।
बृहत योजना २०७७ तानसेनको बिकासमा एक मार्गदर्शकका रुपमा लिईएको छ । जसको कार्यनयन पुर्णरुपमा हुन सकेमा समृद्ध तानसेन सुखी तानसेनबासी भन्ने सपना साकार हुनेछ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…