निर्वाचनको तयारीमा जुट्न आह्वान

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा शुक्रबार फिदिममा आयोजित बृहत् कार्यकर्ता भेलामा उहाँले ताजा जनादेशबाट मुलुकलाई निकासदिनुको विकल्प नरहेको वताउनुभएको हो नेकपाकै बहुमत रहे पनि सरकारले काम गर्न नसक्ने स्थिति निर्माण गरिएपछि दुई वर्ष किनखेर फाल्ने भनेर सरकारले ताजा जनादेशमा जाने निर्णय लिएको हो”, उहाँले भन्नुभयो, “सर्वोच्च अदालतले स्टेअर्डर जारी नगरेपछिनिर्वाचन हुने निश्चित भयो, अब तयारीमा लागौँ

फोटो फीईल

मन्त्री नेम्वाङले वर्तमान सरकारकै कारण सधैँ खर फुसको छानोमा बस्न विपन्न नागरिकले जस्तापाता पाएको, सबै नागरिकलाईस्वास्थ्य, विद्युत्, खानेपानी, सडकसहितका पूर्वाधारको पहुँचमा पु¥याउने प्रयास भएको राष्ट्रियतालाई बलियो बनाउने कार्यमा सफलभएकाले यिनै उपलब्धि लिएर जनतामा जान पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो वर्षौँवर्ष हुन नसकेका काम यो सरकारले गरेको ”, उहाँले भन्नुभयो, “यिनै कुरा लिएर जनतामा जानुपर्छ

नेकपा प्रदेश कमिटी सदस्य देवराज घिमिरेले हत्याहिंसाका काममा संलग्नदेखि जातीवादी राजावादीसँग साँठगाँठ गर्ने कोही पनिकम्युनिष्ट हुन नसक्ने भन्दै सरकारले गरेका कामहरु नै जनतामा पु¥याउन सके पर्याप्त हुने बताउनुभयो

नेकपाका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले ताजा जनादेश लिन जनतामा जाने कुरालाई अस्वीकार गर्नुलोकतान्त्रिक चरित्र नभएको बताउनुभयो उहाँले मुलुकको विकास समृद्धि, नागरिकको सुखसुविधा तथा राष्ट्रियताको संवद्र्धनकालागि जनतालाई बुझाउनुपर्ने समय आएको बताउनुभयो

नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष राजकुमार भण्डारीले नयाँ जोशसहित पार्टी निर्माण गर्नुपर्नेमा जोड दिँदै विगतमा समेतविभाजनका दुःखद् घटनापछि विजय प्राप्त गरेको स्मरण गर्नुभयो

समृद्धिको अभियानमा सञ्चार जगतको साथ अत्यावाश्यक

यसैगरी मन्त्री नेम्वाङले सरकारले चालेको समृद्धिको अभियानमा सञ्चार जगत्को साथ अत्यावाश्यक रहेको बताउनुभयो नेपालपत्रकार महासङ्घ पाँचथर शाखाको वार्षिक साधारणसभाको शुक्रबार फिदिममा उद्घाटन गर्दै उहाँले सरकारले लिएको समृद्धिकोयात्रालाई गन्तव्यमा पु¥याउने महत्वपूर्ण सारथी सञ्चार जगत् पनि भएको बताउनुभयो आम सञ्चार क्षेत्रले सिर्जनात्मक, रचनात्मक तथ्यपरक ढङ्गले दिने सल्लाह सुझाव सरकारलाई सधैँ आवश्यक हुन्छ”, मन्त्री नेम्वाङले भन्नुभयो, “आम जनतालाई विकासकोमूलप्रवाहमा पु¥याउने सरकारी जिम्मेवारीको हिस्सा सञ्चार जगत्को पनि रहन्छ

मन्त्री नेम्वाङले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्ने सङ्घर्षमा सञ्चार जगत्ले विशिष्ट भूमिका खेलेको उल्लेख गर्दै अबउपलब्धिको जगमा अघि बढ्ने क्रममा सञ्चार जगत्ले समेत फाइदा लिने स्थिति निर्माण भएको बताउनुभयो पत्रकारिता क्षेत्रलाईसवलीकरण गर्ने उद्देश्यसहित वर्तमान सरकारले महत्वपूर्ण निर्णय लिँदै आएको ”, उहाँले भन्नुभयो, “आम सञ्चारलाई थप सुदृढ व्यवस्थित बनाउन विभिन्न ऐन, कानूनमा ल्याइएका छन्

फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले पत्रकारिता जगत्ले विकास समृद्धिको अभियानलाई सधैं साथ दिँदै आएकोबताउँदै स्थानीय सरकारले पनि पत्रकारसँग हातेमालो गरेर अघि बढ्ने बताउनुभयो

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले नकारात्मक चिन्तन प्रचारलाई कम गर्दै सकारात्मक सुझाव कमजोरी औँल्याउनेकार्यमा पत्रकारिता जगत् झनै सुदृढ परिस्कृत हुनुपर्नेमा जोड दिनुभयो

सो अवसरमा खेलकूद तथा वातावरण पत्रकारिता पुरस्कारबाट शान्तिदेवी राई, जङ्गबहादुर तामाङ, दीपक बोहोरा उपेन्द्र एक्तेनपुरस्कृत भएको शाखाका अध्यक्ष लवदेव ढुङ्गानाले बताउनुभयो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago