राजाको पुल’ पुनःनिर्माणः स्थानीयवासी खुशी

बागलुङ, संरक्षण अभावमा जीर्ण बनेको गलकोट नगरपालिका बसाहफाँट वडा नं मजुवाफाँट जोड्ने झोलुङ्गे (राजाको) पुल पुनःनिर्माणगरिएको

चौबीसे राज्यअन्तर्गत तत्कालीन गलकोटे राजा भरतबम मल्लका पालामा बनेको उक्त झोलुङ्गे पुल अहिले पनिराजाको पुललेचिनिन्छ वडा नं का वडाध्यक्ष नारायणध्वज मल्लका अनुसार सो झोलुङ्गे पुल विसं १९९० को दशकमा निर्माण गरिएको थियो पुलपुनःनिर्माणका लागि गलकोट नगरपालिकाले गत आवमा रु नौ लाख बजेट विनियोजन गरेको थियो अपुग रकम स्थानीयवासीबाटजुटाएर कूल रु १४ लाखको लागतमा पुलको पुनःनिर्माण गरिएको वडाध्यक्ष मल्लले बताउनुभयो बन्दाबन्दीले गर्दा सामानको ढुवानीसहज थिएन, केही सामग्री पुरानै पुलका प्रयोग ¥र्यौँ, केही यही बनायौँ, जसले गर्दा पुलको लागत पनि घट्यो”, उहाँले भन्नुभयो

झोलुङ्गे पुल बनाउने बागलुङको रैथाने प्रविधि पनि संरक्षण होस् भनेर पुलको माथिको लठ्ठा पुरानै प्रयोग गरिएको आधुनिक प्रविधिआउनुपूर्व स्थानीय कालिगढले आरानमा फलाम गालेर पुलका लागि साङ्ले लठ्ठा बनाउँथे परम्परागत सीप प्रविधिबाट बनेका पुलअहिले पनि गाउँबस्तीतिर देख्न पाइन्छ राजाको पुलपुनःनिर्माणपछि आउजाउ सहज बनेको विद्यार्थीसहित सर्वसाधारण गरीदैनिक सयौँ जना पुल वारपार गर्छन् अस्तित्व सङ्कटबाट गुज्रेको पुलले पुनःनिर्माणपछि मुहार फेरेको नगरपालिकाका प्रमुख भरतशर्मा गैरेले बताउनुभयो पुल एकदमै जीर्ण थियो, हामी आएपछि वर्षेनी मर्मतसुधार गर्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “अहिलेनगरपालिकाकै मुख्य लगानीमा पुल पुनःनिर्माण गरिएको उहाँले इतिहाससँग जोडिएकाले पनि उक्त पुलको संरक्षण गर्नुनगरपालिकाको दायित्व हुने उल्लेख गर्नुभयो नगरप्रमुख गैरेले आफू सानो छँदैबाट उक्त पुललाईराजाको पुलभनेर चिन्ने गरेकोसुनाउनुभयो स्थानीय सीप, स्रोत साधानको परिचालनका कारण पुलको पुनःनिर्माण समयमै सकिएको उहाँको भनाइ

दरमखोलामाथि रहेको उक्त झोलुङ्गे पुललाई विसं २००६ मा आएको बाढीले क्षति पु¥याएपछि त्यसबेला पनि पुनःनिर्माण गरिएकोथियो पछि विसं २०३५ मा पनि बाढीले आंशिक क्षति पु¥याएपछि बुटवलबाट लठ्ठा ल्याएर पुल बनाइएको वडाध्यक्ष मल्ललेबताउनुभयो विसं २०३५ पछि अहिले आएर पुनःनिर्माण गरियो”, उहाँले भन्नुभयो जिल्लामा यो वर्ष ३१ झोलुङ्गे पुल निर्माणकोचरणमा छन् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत स्थानीय तहले पुलको योजनाछनोट कार्यान्वयन गर्छन् तीनै तहका सरकारको लगानी समन्वयमा झोलुङ्गे पुल निर्माणको काम हुन्छ

झोलुङ्गे पुल निर्माणमा व्यवस्थापकीय सामाजिक परिचालनका काममा सघाउँदै आएको भिमापोखरा युवा क्लब (बिवाइसी) बागलुङले गत वर्ष गरेको सर्वेक्षणअनुसार जिल्लामा ४१४ झोलुङ्गे पुल छन् तीमध्ये जीर्ण भएका पुल हटाएर १९२ नयाँ बनाउनुपर्ने ३० बृहत् मर्मत गर्नुपर्ने अवस्थामा छन् यस्तै नौ पुराना पुल संरक्षण गर्नुपर्ने अवस्थामा छन् सुरक्षित झोलुङ्गे पुल १५८ भन्दा बढी छन्भने २५ पुल प्रयोगविहीन छन् बागलुङलाईझोलुङ्गे पुलको जिल्लाभनेरसमेत चिनिन्छ

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago