राजाको पुल’ पुनःनिर्माणः स्थानीयवासी खुशी

बागलुङ, संरक्षण अभावमा जीर्ण बनेको गलकोट नगरपालिका बसाहफाँट वडा नं मजुवाफाँट जोड्ने झोलुङ्गे (राजाको) पुल पुनःनिर्माणगरिएको

चौबीसे राज्यअन्तर्गत तत्कालीन गलकोटे राजा भरतबम मल्लका पालामा बनेको उक्त झोलुङ्गे पुल अहिले पनिराजाको पुललेचिनिन्छ वडा नं का वडाध्यक्ष नारायणध्वज मल्लका अनुसार सो झोलुङ्गे पुल विसं १९९० को दशकमा निर्माण गरिएको थियो पुलपुनःनिर्माणका लागि गलकोट नगरपालिकाले गत आवमा रु नौ लाख बजेट विनियोजन गरेको थियो अपुग रकम स्थानीयवासीबाटजुटाएर कूल रु १४ लाखको लागतमा पुलको पुनःनिर्माण गरिएको वडाध्यक्ष मल्लले बताउनुभयो बन्दाबन्दीले गर्दा सामानको ढुवानीसहज थिएन, केही सामग्री पुरानै पुलका प्रयोग ¥र्यौँ, केही यही बनायौँ, जसले गर्दा पुलको लागत पनि घट्यो”, उहाँले भन्नुभयो

झोलुङ्गे पुल बनाउने बागलुङको रैथाने प्रविधि पनि संरक्षण होस् भनेर पुलको माथिको लठ्ठा पुरानै प्रयोग गरिएको आधुनिक प्रविधिआउनुपूर्व स्थानीय कालिगढले आरानमा फलाम गालेर पुलका लागि साङ्ले लठ्ठा बनाउँथे परम्परागत सीप प्रविधिबाट बनेका पुलअहिले पनि गाउँबस्तीतिर देख्न पाइन्छ राजाको पुलपुनःनिर्माणपछि आउजाउ सहज बनेको विद्यार्थीसहित सर्वसाधारण गरीदैनिक सयौँ जना पुल वारपार गर्छन् अस्तित्व सङ्कटबाट गुज्रेको पुलले पुनःनिर्माणपछि मुहार फेरेको नगरपालिकाका प्रमुख भरतशर्मा गैरेले बताउनुभयो पुल एकदमै जीर्ण थियो, हामी आएपछि वर्षेनी मर्मतसुधार गर्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “अहिलेनगरपालिकाकै मुख्य लगानीमा पुल पुनःनिर्माण गरिएको उहाँले इतिहाससँग जोडिएकाले पनि उक्त पुलको संरक्षण गर्नुनगरपालिकाको दायित्व हुने उल्लेख गर्नुभयो नगरप्रमुख गैरेले आफू सानो छँदैबाट उक्त पुललाईराजाको पुलभनेर चिन्ने गरेकोसुनाउनुभयो स्थानीय सीप, स्रोत साधानको परिचालनका कारण पुलको पुनःनिर्माण समयमै सकिएको उहाँको भनाइ

दरमखोलामाथि रहेको उक्त झोलुङ्गे पुललाई विसं २००६ मा आएको बाढीले क्षति पु¥याएपछि त्यसबेला पनि पुनःनिर्माण गरिएकोथियो पछि विसं २०३५ मा पनि बाढीले आंशिक क्षति पु¥याएपछि बुटवलबाट लठ्ठा ल्याएर पुल बनाइएको वडाध्यक्ष मल्ललेबताउनुभयो विसं २०३५ पछि अहिले आएर पुनःनिर्माण गरियो”, उहाँले भन्नुभयो जिल्लामा यो वर्ष ३१ झोलुङ्गे पुल निर्माणकोचरणमा छन् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत स्थानीय तहले पुलको योजनाछनोट कार्यान्वयन गर्छन् तीनै तहका सरकारको लगानी समन्वयमा झोलुङ्गे पुल निर्माणको काम हुन्छ

झोलुङ्गे पुल निर्माणमा व्यवस्थापकीय सामाजिक परिचालनका काममा सघाउँदै आएको भिमापोखरा युवा क्लब (बिवाइसी) बागलुङले गत वर्ष गरेको सर्वेक्षणअनुसार जिल्लामा ४१४ झोलुङ्गे पुल छन् तीमध्ये जीर्ण भएका पुल हटाएर १९२ नयाँ बनाउनुपर्ने ३० बृहत् मर्मत गर्नुपर्ने अवस्थामा छन् यस्तै नौ पुराना पुल संरक्षण गर्नुपर्ने अवस्थामा छन् सुरक्षित झोलुङ्गे पुल १५८ भन्दा बढी छन्भने २५ पुल प्रयोगविहीन छन् बागलुङलाईझोलुङ्गे पुलको जिल्लाभनेरसमेत चिनिन्छ

sp sp

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago