प्रधानसेनापति ट्रफी खेलकूद सम्पन्न

प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता,२०७७सम्पन्न भएको

नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार विशेष समारोहबीच प्रतियोगिताको समापन गर्नुभयो प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, सुटिङ एग्लेटिक्स विधामा १५ टोलीबीच प्रतिस्पर्धा भएको थियो सो प्रतियोगितामाआर्चरीलाई पहिलोपटक प्रदर्शनी खेलको रुपमा समावेश गरिएको थियो

समापन समारोहमा प्रधानसेनापति थापाले पृतना तथा बाहिनीतर्फको समग्र खेलकूदमा प्रथम, द्वितीय तृतीय स्थान हासिल गर्न सफलक्रमशः १६ नम्बर बाहिनी अड्डा, मध्य पृतना उत्तर पश्चिम पृतनालाई नगद तथा ट्रफी प्रदान गर्नुभयो यसैगरी गणतर्फ प्रथम, द्वितीय तृतीय स्थान हासिल गर्न सफल क्रमशः जगदल गण, एक नम्बर जगदल गण चण्डीदल गणलाई समेत उहाँले नगद तथा ट्रफी प्रदानगर्नुभयो

सो अवसरमा प्रधानसेनापति थापालेअतिरथि स्व निरशम्सेर जबरा पुरस्कार रन फर फन २०७६को म्याराथनको विजेता होमलालश्रेष्ठलाई तथामहारथि गौरवशम्सेर जबरा अजेयबल ट्रफीमहिलातर्फ तेक्वान्दो खेलाडी नीता गुरुङ पुरुषतर्फ ब्याडमिन्टन खेलाडीरत्नजित तामाङलाई प्रदान गर्नुभयो

बलाधिकृत प्रभुराम शर्माले गण फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रथम स्थान हासिल गर्न सफल जगदल गणका खेलाडीलाईनगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो सोही खेलमा द्वितीय भएका नयाँ गोरख गणका खेलाडीलाई नेपाल ओलम्पिक कमिटीकामहासचिव निलेन्द्रराज श्रेष्ठले तथा तृतीय भएको भैरवप्रसाद गणका खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्षकर्माछिरिङ शेर्पाले पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो

यस्तै बास्केटबलतर्फ प्रथम हुने मध्यपूर्वी पृतनाका खेलाडीलाई उपरथि निरञ्जनकुमार श्रेष्ठले, भलिबलमा प्रथम हुने उपत्यका पृतनाकाखेलाडीलाई उपरथि गोकुल भण्डारीले, सुटिङमा प्रथम हुने १६ नम्बर बाहिनीका खेलाडीलाई उपरथि अनन्त कार्कीले तथाएथलेटिक्सतर्फ प्रथम हुनेलाई १६ नम्बर बाहिनीका खेलाडीलाई उपरथि सरोजप्रताप राणाले नगद, ट्रफी तथा प्रमाणपत्र यसअघि प्रदानगर्नुभएको थियो समापन कार्यक्रममा पूर्वप्रधानसेनापति, अन्य सुरक्षा अङ्गका उच्च अधिकृत, नेपाली सेनाका बहालवाला तथा पूर्वउच्च अधिकृतको उपस्थिति थियो

स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूदनारासहित प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ प्रतियोगिता गत पुस२९ गतेदेखि शुरु भएको हो प्रतियोगितामा नेपाली सेनाको १५ टोलीको सहभागिता थियो सेनाले विसं २०६५ देखि प्रधानसेनापतिट्रफी खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको हो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago