६० वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिहरूको मृत्यु हुने दर उच्च

देशभर आज २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ८ हजार ८८ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ९३ जना र ४ हजार १८ नमुनाको एन्टीजेन परीक्षण गर्दा ४ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । आज १ हजार ८ सय ६७ जना संक्रमण मुक्त भएका छन् । हालसम्म ९३ दशमलव २ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट ३३ जनाको निधन भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १० हजार २९२ पुगेको छ ।

नेपालमा कोरोना सङ्क्रमणका कारण ६० वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिहरूको मृत्यु हुने दर उच्च रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म करिब ५४ प्रतिशत ६० वर्ष भन्दा बढी उमेरका व्यक्तिहरूको मृत्यु भएको हो । सङ्क्रमणले कूल १० हजार २ सय ९२ जनाको मृत्यु हुँदा ६० वर्ष माथिका ५ हजार ५ सय २२ जनाको मृत्यु भइसकेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago