नवनियुक्त अर्थमन्त्री शर्मालाई सेयर बजारका लगानीकर्ताले आशाको केन्द्रको रुपमा लिएका छन् । सेयर बजारका लगानीकर्ताको मनोबल उच्च बनाउन उनले भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ । यसबाहेक अर्थमन्त्री समक्ष पुँजीगत खर्च बढाउनुपर्ने, निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने, आर्थिक वृद्धिको लक्ष्यलाई पूरा गर्नुपर्ने, विदेशी लगानीकर्तालाई आकर्षित गर्नुपर्ने लगायतका प्रमुख जिम्मेवारी शर्मासामू रहेको छ ।
उनले सपोर्ट नगरेको भए कुलमान घिसिङ अघि बढ्न सक्ने थिएनन् । शर्माले गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । अर्थ मन्त्रालय भने उनका लागि नयाँ हो । तथापि, अर्थमा पनि शर्माले आफ्नो कार्यकुशलता देखाउने सरोकारवालाहरुले अपेक्षा राखेका छन् ।
यसले सेयर बजारमा पनि सकारात्मक उर्जा दिने उनको धारणा छ । आगामी मौद्रिक नीतिमा पनि अर्थमन्त्रीले केन्द्रीय बैंकलाई सकारात्मक सुझाव दिने उनको अपेक्षा रहेको छ । नेपाल इन्भेष्टर्स फोरमकी सचिव दुर्गा तिवारी पनि स्वच्छ छवि भएको व्यक्तित्व अर्थमन्त्रीका रुपमा आउनु सकारात्मक भएको बताउँछिन् ।
उनले भनिन्, ‘बौद्धिक तथा राम्रो छवि भएको व्यक्ति अर्थमन्त्री बनेर आउनु भएको छ । यो सेयर बजारका लागि निकै सकारात्मक पाटो हो ।’ शर्माले पहिलो पटक अर्थ मन्त्रालयको बागडोर सम्हालेका भए पनि शर्माले अध्ययन अनुसन्धान गरेर बुद्धिमतापूर्वक कुनै पनि निर्णय लिने उनले विश्वास गरेकी छिन् ।
यही परिपेक्ष्यमा सेयर बजारलाई पनि सकारात्मक गतिमा लैजान अर्थमन्त्री शर्माले पहल गर्ने उनको अपेक्षा रहेको छ । शर्माले यसअघि २०६५ मा शान्ति तथा पुनःनिर्माणमन्त्री, विसं २०७३ मा उर्जामन्त्री र विसं २०७४ मा गृहमन्त्रीको जिम्मेवारी पूरा गरेका थिए
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…