घाटमा समेत ठगिन्छन सर्वसाधारण

धार्मिक स्थल राम्दी, कालीगण्डकी नदिको पाल्पा खण्डको किनारमा शब जलाउन जानेहरु ठगिने गरेका छन ।

भविन्द्र गौतम, १ असार, पाल्पा । मानिस भएर जन्मिए पछि मृत्यु एक दिन अवस्य छ । जिवनको अन्तिम क्षण संबेदनसिल हुन्छ । दु:खद अवस्थामा राहत र सहानुभूतिले मृतकको परिवारलाई धैर्यता गर्ने उर्जा प्रदान गर्दछ । तर यहाँ मृत्यु पछिको अन्तिम क्षण शब जलाउने स्थानमा समेत ठगीहुने गरेको छ । घाटमा शव लियर आउनेहरूलाई ठगी गरेर यहाँका ब्यवसायी पैसा कमाउने धन्धामा लागेका छन ।

पाल्पाको धार्मिक स्थल राम्दी, कालीगण्डकी नदिको पाल्पा खण्डको किनारमा शब जलाउन जानेहरु ठगिने गरेका हुन । यहाँका ब्यवसायीहरुले विभिन्न शीर्षकमा तोकिएको भन्दा धेरै रकम असुल्ने गरेका छन । जसका कारण आर्थिक अवस्था कमजोर रहेका ब्यक्तिहरुलाई शव जलाउन नै समस्या देखिएको छ । यो विषयमा यहाँको प्रहरी चौकी, घाट ब्यवस्थापन समिती, र अन्य सरोकारवाला निकायहरु मौन छन । राम्दीघाटको पाल्पा खण्ड बगनासकाली गाउँपालिका अन्तर्गत पर्दछ ।

कोरोना संक्रमणको दोस्रो लहर लागेपछी राम्दी घाटमा दाउरा उपलब्ध गराउनेले चिता बनाईदिने गरेका छन । घाटमा एउटा शव जलाउनका लागी एक चट्टा दाउराको २ हजार, चिता बनाएको लेवर चार्ज १ हजार समेत ३ हजार लिन पाउने घाट ब्यवस्थापन समितिको निर्णय रहेको छ । एउटा शव जलाउन डेढ चट्टा दाउराको आवस्यक पर्छ । तर यहाँका ब्यवसायीले दुई चट्टा दाउरा भिडाउने गरेका छन ।

कोरोना संक्रमणका कारण मृत्यु भएकी तानसेन भुसलडाडाकी महिलाको दाहसंस्कारका लागी एक महिना अगाडी घाटमा आएका उनका परिवारले दाउराको ५ हजार तिरे, यस्तै असार १ गते मंगलबाट कोरोना संक्रमणका कारण मृत्यु भएकी अर्की तानसेन भुसलडाडाकी महिलाको दाहसंस्कारका लागी दाउराको ५ हजार ४ सय र चिता बनाईदिएको १ हजार समेत ६ हजार चार सय तिरे । उनिहरुले अन्य विभिन्न शुल्क गरेर थप ४ हजार ७ सय सहित १० हजार १ सय तिर्नुपर्यो । यी दुबै घटनामा यहाँको नीति कार्यान्वयन भएको पाइएन ।

प्रहरी चौकी राम्दीका प्रहरी हवल्दार दिपकराज गिरीले दाउराको ५ हजार र चिता बानाइदिएको लेबर चार्ज २ हजार लिने नियम स्थानीयले बनाएको बताए । यस बिषयमा एकरुपता नभएको र अनुगमन समेत नभएको पाइयो । हवल्दार गिरीका अनुसार अनुगमनको काम प्रशासनको रहेको र यस बिषयमा आफुहरुलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

यो ब्यवस्थाबाट सक्नेले खर्च गर्छन । आर्थिक अवस्था कमजोर भएका बिपन्न नागरिकको शव ब्यवस्थापनमा कठिनाइ हुन सक्ने देखिन्छ । मृत्युु पछीको अन्तिम संस्कारमा समेत सर्वसाधारण ठगिनु सह्य विषय होइन यसमा यहाँको स्थानीय सरकार, प्रशासन प्रहरी समेतको ध्यानाकर्षण हुन आवस्यक छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago