पाल्पा । जिल्लामा कुल सक्रिय सङ्क्रमितको संख्या पन्ध्र सय नाघेको छ । शनिवार जिल्लाको माथागढीका २, पूर्वखोलाका ११, रैनादेवी छहराका ४२, रम्भाका २९, बगनासकालीका २, तिनाउका ५, रिब्दीकोटका ४, निस्दीका १४ र तानसेनका ५९ जना समेत थप १ सय ६८ जना कोरोना सङ्क्रमित थपिएसँगै एक हजार ५४० पुगेको हो । शनिवार थप १०९ जना कोरोना सङ्क्रमित निको भएका छन् ।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार संक्रमितमध्ये ७५ जना विभिन्न अस्पतालमा, आईसियुमा २ र एचडीयूमा २ समेत ७९ जना उपचारमा रहेका छन् । यस्तै १४६१ जना होम आईसोलेसनमा रहेका छन् । जिल्लामा कोरोना सङ्क्रमण बाट मृतकको संख्या ६५ पुगेको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…