सांकेतिक तस्बिर फाइल फोटो
पाल्पा ,जेष्ठ १ । पाल्पा अस्पताल र लुम्बिनी मेडिकल कलेजमा थप ४ जना कोराना भाइरस संक्रमितको मृत्यु भएको छ । शुक्रबारदेखि कोरोना संक्रमितको उपचार सुरु गरेको पाल्पा अस्पतालमा तानसेन र रैनादेवी छहराका बिरामीको मृत्यु भएको हो ।
रैनादेवी छहरा गाउँपालिका–४, छहरा मेहलढापका २७ वर्षीय पुरुषको शुक्रबार राति, तानसेन नगरपालिका–५ का ८० वर्षीय पुरुष र रैनादेवी छहरा–४, छहराकै ७८ वर्षीय पुरुषको शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । बिरामीका आफन्तका अनुसार रैनादेवी छहराका २७ वर्षीय पुरुषको शुक्रबार एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएको थियो । उनलाई उपचारका लागि मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा बेड खोजी गर्दागर्दै कतै पाएका थिएनन् । ‘केही समय बेडका लागि पर्खियौं,’ बिरामीका आफन्तले भने, ‘तर हामीले हरसम्भव प्रयास गर्दा पनि बेड पाउन सकिएन ।’
उनलाई अक्सिजन दिनुपर्ने अवस्थामा नपाएपछि रिब्दीकोटको खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि अन्यत्र लैजान सिफारिस भएपछि अन्यत्र कहींकतै बेड नपाएपछि पाल्पा अस्पताल ल्याएको केही समयमा मृत्यु भएको थियो ।
यसैबीच, लुम्बिनी मेडिकल कलेज प्रभासमा शनिबार स्याङ्जाका ७२ वर्षीय संक्रमितको मृत्यु भएको छ । गल्याङ नगरपालिका–७ का उनको गत वैशाख २१ गते पीसीआर पोजिटिभ आएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…