प्रेस संगठन नेपाल बागलुङको बैठक: कोरोना संकटमा हेल्प डेस्क निर्माण गरिने

थमन थापा, जेठ १ बागलुङ ।
प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति बागलुङको बैठक सम्पन्न भएको छ । कोरोना महामारीमा अग्रपंतीमा खटिने पत्रकारको सुरक्षा र संक्रमित पत्रकारलाई सहयोग गर्ने उद्देश्य सहित प्रविधिको प्रयोग गरी भिडियो कन्फ्रेन्स बैठक मार्फत गरिएको हो । बैठकमा कोरोनाको महामारीमा अग्रपंतीमा रहेर जनतालाई सूचना प्रवाह गरिरहेका पत्रकारको स्वास्थ्यस्थितिबारे छलफल हुनुका साथै समस्यामा परेका पत्रकारलाई सहयोग जुटाउने बारे छलफल भएको छ ।
आइशोलेसन र होम क्वारेन्टाइनमा बसिरहेका पत्रकारको स्वास्थ्य अवस्थाको बारेमा आवश्यक जानकारी लिँदै आवश्यक परामर्श तथा उपचारका लागि समन्वय गर्नका लागि संगठनका सल्लाहकार एवम् पूर्व अध्यक्ष राम थापा ‘अविरल’को नेतृत्वमा पाँच सदस्य समिति गठन गरिएको छ । जसको सदस्यमा राजेशचन्द्र राजभण्डारी, थम्मन थापा, पूर्णभद्र निउरे र अनिष खाती रहेका छन् । हेल्प डेक्सलाई प्रभावकारी बनाउन धौलागिरि अस्पताल, जनस्वास्थ्य कार्यालय, पालिका स्तरीय स्वास्थ्य संस्थासँग सहकार्य र समन्वय गर्ने निर्णय भएको छ । कोभिड संक्रमणको समयमा समस्यामा परेकालाई पत्रकारलाई तुरुन्त उपचार एवम् परामर्शका लागि पालिकास्तरीय संयोजक तोकिएको छ ।
बुर्तिबाङमा योगेन्द्र विश्वकर्मा, निसीमा कुविर विश्वकर्मा, बडिगाड रोशन थापा मगर, गलकोटमा सरिता खत्री र मित्र खरेल, ताराखोलामा पूर्णभद्र निउरे र महेन्द्र घर्ती ‘संगम’, बागलुङ नगरपालिकामा राजबहादुर थापा, सज्जन सिंह, सन्तोष क्षेत्री, कृष्ण सापकोटा, काठेखोला गाउँपालिकामा कोपिला कँडेल, जैमिनी नगरपालिकामा झपिन्द्र क्षेत्रीलाई जिम्मेवारी प्रदान गरिएको छ । सो अवसरमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेलको नेतृत्वको टिमले थालेको ‘एक पत्रकार एक ल्याप्टप’ अभियानलाई सफल बनाउन संगठनको तर्फबाट सक्रिय सहभागिता जनाउने निर्णय गरेको जिल्ला संयोजक थम्मन थापाले जानकारी दिए । कोरोना महामारीमा रोजगारी गुमाएर आर्थिक समस्यामा परेका पत्रकारहरुलाई संगठनले सहयोग गर्ने र सञ्चार गृहलाई खबरदारी गर्ने निर्णय समेत गरेको छ । देशमा कोरोना कहरको डरलाग्दो लहरले सर्वसाधारण जनताहरुको दैनिक ज्यान गइरहँदा पनि सबै तहका सरकारहरुले नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न नसकेको र नेपालको स्वास्थ्य प्रणाली निरही भएको यस बेलामा तत्काल आपतकालीन स्वास्थ्य सेवाको व्यवस्थापन गर्न र कोरोना रोकथाम तथा नियन्त्रणका प्रभावकारी रणनीति बनाउन सरोकारवालालाई संगठनले गम्भीर ध्यानाकषर्ण गराएको छ ।
अस्पतालहरुमा तत्काल आईसीयू र भेन्टिलेटर थप गर्न चिकित्सक स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्री र अक्सिजनको व्यवस्था गर्न, परीक्षणको दायरा बढाउन र जनताको बाँच्न पाउने अधिकारको रक्षा गर्न संगठनले ध्यानाकषर्ण गराएको हो । भिडियो कन्फ्रेन्स बैठकमा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष प्रेस संगठन नेपाल बागलुङका सल्लाहकार राजेशचन्द्र राजभण्डारी, सल्लाहकार राजबहादुर थापा, नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष तथा प्रेस संगठन नेपाल बागलुङका सल्लाहकार मुकेश चन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश परिषद सदस्य बेलुकाजी थापा, जापानबाट सेतो परेवा डटकमका सम्पादक भवानी पन्त, जापानबाट जनहित खबर डटकमका सम्पादक खगराज गौतम, नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान सचिव तथा संगठनका निवर्तमान संयोजक राम थापा ‘अविरल’ लगायतको सहभागिता रहेको थियो ।
bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago