अर्घाखाँची समाज जापानद्वारा अस्पताललाई ५ थान अक्सीजन मेसिन हस्तान्तरण ।

टोकियो, जापान । अर्घाखाँची समाज जापानले अर्घाखाँची अस्पताललाई ५ थान इलेक्ट्रिक अक्सीजन कन्सनट्रेटर मेसीन हस्तान्तरण गरेको छ ।
जिल्लामा अक्सीजनको अभाव बढेसंगै कोरोना संक्रमीतको उपचार हुन नसकेको गुनासो आएपछि समाजले बिरामीको उपचारमा सहज होस् भनी मेसिन हस्तान्तरण गरेको हो ।
कोरोना महामारीका कारण अन्तराष्ट्रीय उडान बन्द भएको र जापानबाट मेसिन पठाउन नसकेकोले खरीदका लागी अस्पताललाई जिम्मा दिईएको थियो । समाजले मेसिन खरीदका लागी जापानमा आर्थिक सहयोग अभियान संचालन गरेको अध्यक्ष बाबुराम पौडेलले जानकारी दिनुभयो । अध्यक्ष पौडेलले जिल्लाबासीले अक्सीजन नपाई छटपटाईरहेको देख्दा आफूहरु हेरेर बस्न नसक्ने हुदा सहयोग गर्नु दायित्व भएको बताउनुभयो ।  उहाँले अभियानमा सहयोग गर्ने जापानबासी नेपालीहरु र समन्वयका लागी पत्रकार महासंघ अर्घाखाँचीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
अभियान बाट संकलीत रकम र समाजको आन्तरीक कोषबाट गरी नगद ४ लाख ५० हजार पत्रकार महासंघ अर्घाखाचीका अध्यक्ष असोक खनाल मार्फत अस्पताललाई पठाएको समाजका कोषाध्यक्ष टोप वहादुर घर्ती मगरले जानकारी दिनुभयो । रकम पठाएको छोटो समयमै ३ वटा मेसिन आएको र विरामीले सेवा लिन सुरु गरेको अस्पतालका मेडिकल सुपरीटेन्डेन डा. कपिल गौतमले जानकारी दिनुभयो । देशभर अक्सीजनको अभाव भएकोले ५ वटै मेसिन एकै पटक ल्याउन नसकेकोले २ वटा मेसिन केही दिनमा आउने डा. गौतमले बताउनुभयो । अक्सीजन सिलिन्डर जस्तो भर्नुपर्ने झन्झट नभएकाले उपचारमा सहज भएको अस्पतालले जनाएको छ ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago