राष्ट्रिय ललितकला प्रदर्शनी २०७८ सुरु

काठमाडौँ । यस वर्षको राष्ट्रिय ललितकला प्रदर्शनी सुरु भएको छ । बिहीबारदेखि सुरु भएको प्रदर्शनीलाई राष्टपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।

फाइल फोटो

राष्ट्रपति भण्डारीले उत्कृष्ट पुरस्कार पाउने कलाकारलाई पुरस्कृत गर्दै ललितकलाको विकासमा नेपाल लतिलकला प्रतिष्ठानले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन् । उनले नेपाली कलाहरू पौवा, लोक, मुर्ति एवम् चित्रकलाले विश्वमै नेपालको नाम चिनाएकोमा आफूलाई गर्व लागेको बताइन् ।

समारोहलाई सम्बोधन गर्दै संस्कृती, पर्यटन तथा उड्ययन मन्त्री भानुभक्त ढकालले ललितकलाको विकासमा नीति तथा कानुन अवरोध आए सरकार जस्तोसुकै बाधा हटाउन तयार रहेको बताए ।प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले ०७२ सालको भुकम्पले प्रतिष्ठानको भवनमा क्षति पुर्याएपछि ललितकला प्रर्दशनी नेपाल कला परिषद्मा गर्नुपरेको बाध्यता सम्झदै अब आफ्नै भवनमा चित्र प्रदर्शनी गर्न पाएकोमा खुसी व्यक्त गरे ।

प्रदर्शनीमा सातै प्रदेशका चित्र, मुर्ति, इन्स्टलेसन, लोक चित्र, मिथिला कला, फोटो तथा कार्टुन विधाका चित्रहरू राखिएको छ । प्रदर्शनीलाई कलाकार मनिष लाल श्रेष्ठले क्युरेट गरेका छन् । प्रदर्शनीम मुलुकभरिका कलाकारका पाँचसय भन्दा बढी कलाकृति प्रस्तुत गरिएको छ ।

आगामी जेठ २ गतेसम्म चल्ने प्रर्दशनी नक्सालस्थित प्रतिष्ठानको भवनमा बिहान ११ बजेदेखि ५ बजेसम्म हेर्न सकिन्छ ।

पुरस्कृतको नाम तल सूचीमा हेर्न सकिन्छ :

 

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago