राष्ट्रिय ललितकला प्रदर्शनी २०७८ सुरु

काठमाडौँ । यस वर्षको राष्ट्रिय ललितकला प्रदर्शनी सुरु भएको छ । बिहीबारदेखि सुरु भएको प्रदर्शनीलाई राष्टपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।

फाइल फोटो

राष्ट्रपति भण्डारीले उत्कृष्ट पुरस्कार पाउने कलाकारलाई पुरस्कृत गर्दै ललितकलाको विकासमा नेपाल लतिलकला प्रतिष्ठानले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन् । उनले नेपाली कलाहरू पौवा, लोक, मुर्ति एवम् चित्रकलाले विश्वमै नेपालको नाम चिनाएकोमा आफूलाई गर्व लागेको बताइन् ।

समारोहलाई सम्बोधन गर्दै संस्कृती, पर्यटन तथा उड्ययन मन्त्री भानुभक्त ढकालले ललितकलाको विकासमा नीति तथा कानुन अवरोध आए सरकार जस्तोसुकै बाधा हटाउन तयार रहेको बताए ।प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले ०७२ सालको भुकम्पले प्रतिष्ठानको भवनमा क्षति पुर्याएपछि ललितकला प्रर्दशनी नेपाल कला परिषद्मा गर्नुपरेको बाध्यता सम्झदै अब आफ्नै भवनमा चित्र प्रदर्शनी गर्न पाएकोमा खुसी व्यक्त गरे ।

प्रदर्शनीमा सातै प्रदेशका चित्र, मुर्ति, इन्स्टलेसन, लोक चित्र, मिथिला कला, फोटो तथा कार्टुन विधाका चित्रहरू राखिएको छ । प्रदर्शनीलाई कलाकार मनिष लाल श्रेष्ठले क्युरेट गरेका छन् । प्रदर्शनीम मुलुकभरिका कलाकारका पाँचसय भन्दा बढी कलाकृति प्रस्तुत गरिएको छ ।

आगामी जेठ २ गतेसम्म चल्ने प्रर्दशनी नक्सालस्थित प्रतिष्ठानको भवनमा बिहान ११ बजेदेखि ५ बजेसम्म हेर्न सकिन्छ ।

पुरस्कृतको नाम तल सूचीमा हेर्न सकिन्छ :

 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago