जसपा र सरकारी कार्यदलको बैठक सकियो, सरकारको कामप्रति जसपा सन्तुष्ट

काठमाडौँ , बैशाख २। नेकपा एमाले नेतृत्वको सरकार र जनता समाजवादी पार्टीले गठन गरेको कार्यदलबीच छलफल भएको छ । छलफलमा सरकारको तर्फबाट मुद्दा फिर्ता र बन्दी रिहाइको सम्बन्धमा गरिरहेको कार्यको बारेमा ब्रिफिङ’ भएको छ । जसपा नेपालले चैत २६ गते २०८ जना नेता तथा कार्यकर्ता रिहाइका लागि गृहमन्त्रालयमा बुझाएको फाइलको बारेमा छलफल भएको थियो ।

फाइल फोटो

गृहमन्त्रालयले आफ्नो काम अगाडि बढाएको छ । जसपा नेपालले बुझाएको फाइलको बारेमा गृहमन्त्रालयले अध्ययन थालेको र चाँडै नै जिल्ला जिल्लामा सर्कुलर पठाएर बन्दी रिहाइको प्रकृया थाल्ने सरकारको तर्फबाट गठन भएको कार्यदलले भनेको जसपा नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले बताए ।

जसपाको तर्फबाट गठन भएको कार्यदलका सदस्य समेत रहेका नेता कर्णले सरकारले मुद्दा फिर्ता र बन्दी रिहाइको प्रकृया अगाडि बढाएको छ, आफूहरुले चाँडै गर्न आग्रह गरेको बताए । सरकारले प्रकृया सुरु गरेको कारण आफूहरु सकारात्मक रहेको तर काम नभएसम्म ढुक्क हुने अवस्था नरहेको बताए ।

सरकारलाई समर्थन गर्न प्रधानमन्त्री ओलीले गरेको आग्रहको बारेमा जिज्ञासा राख्दा उनले प्रधानमन्त्री अ‍ोलीबाट त्यस्तो आग्रह सधै आउने गरेको बताए । उनले भने, ‘प्रधानमन्त्री अ‍ोलीले आज मात्र होइन, सरकारलाई समर्थन गर्न, सरकारमा आउन सधै आग्रह गर्दै आउनु भएको छ, हामीले हाम्रो माग पुरा भएपछि मात्र त्यसको बारेमा निर्णय लिने भन्दै आएका छौं ।’

सरकारलाई समर्थन गर्ने निर्णय एउटा व्यक्तिले लिन नसक्ने भन्दै यसका लागि पार्टीमा छलफल हुन बाँकी रहेको कुरा आफूहरुले प्रधानमन्त्री ओलीलाई बताएको उनले जानकारी दिए ।

 

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago