जसपा र सरकारी कार्यदलको बैठक सकियो, सरकारको कामप्रति जसपा सन्तुष्ट

काठमाडौँ , बैशाख २। नेकपा एमाले नेतृत्वको सरकार र जनता समाजवादी पार्टीले गठन गरेको कार्यदलबीच छलफल भएको छ । छलफलमा सरकारको तर्फबाट मुद्दा फिर्ता र बन्दी रिहाइको सम्बन्धमा गरिरहेको कार्यको बारेमा ब्रिफिङ’ भएको छ । जसपा नेपालले चैत २६ गते २०८ जना नेता तथा कार्यकर्ता रिहाइका लागि गृहमन्त्रालयमा बुझाएको फाइलको बारेमा छलफल भएको थियो ।

फाइल फोटो

गृहमन्त्रालयले आफ्नो काम अगाडि बढाएको छ । जसपा नेपालले बुझाएको फाइलको बारेमा गृहमन्त्रालयले अध्ययन थालेको र चाँडै नै जिल्ला जिल्लामा सर्कुलर पठाएर बन्दी रिहाइको प्रकृया थाल्ने सरकारको तर्फबाट गठन भएको कार्यदलले भनेको जसपा नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले बताए ।

जसपाको तर्फबाट गठन भएको कार्यदलका सदस्य समेत रहेका नेता कर्णले सरकारले मुद्दा फिर्ता र बन्दी रिहाइको प्रकृया अगाडि बढाएको छ, आफूहरुले चाँडै गर्न आग्रह गरेको बताए । सरकारले प्रकृया सुरु गरेको कारण आफूहरु सकारात्मक रहेको तर काम नभएसम्म ढुक्क हुने अवस्था नरहेको बताए ।

सरकारलाई समर्थन गर्न प्रधानमन्त्री ओलीले गरेको आग्रहको बारेमा जिज्ञासा राख्दा उनले प्रधानमन्त्री अ‍ोलीबाट त्यस्तो आग्रह सधै आउने गरेको बताए । उनले भने, ‘प्रधानमन्त्री अ‍ोलीले आज मात्र होइन, सरकारलाई समर्थन गर्न, सरकारमा आउन सधै आग्रह गर्दै आउनु भएको छ, हामीले हाम्रो माग पुरा भएपछि मात्र त्यसको बारेमा निर्णय लिने भन्दै आएका छौं ।’

सरकारलाई समर्थन गर्ने निर्णय एउटा व्यक्तिले लिन नसक्ने भन्दै यसका लागि पार्टीमा छलफल हुन बाँकी रहेको कुरा आफूहरुले प्रधानमन्त्री ओलीलाई बताएको उनले जानकारी दिए ।

 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago