पाल्पा व्यापार संघको बैठक सुर्खेतमा, वार्षिक कार्ययोजना तयार

पाल्पा, २ चैत्र । नवनिर्बाचित पाल्पा व्यापार संघको पुर्ण बैठक सुर्खेतमा सम्पन्न भएको छ । बैठकले
कार्ययोजना र आफ्नो बार्षिक क्यालेण्डर तयार गरेको छ । दुई बर्षे कार्यकालको रणनैतिक कार्ययोजना निर्माणका लागी संघको कार्यसमिति भ्रमणमा निस्किएको थियो ।

फागुन २७ देखि २९ सम्मको भ्रमणबाट ब्यापार संघका सदस्यहरुको अनुभव साटासाट र क्षमता बिकासका लागी विभिन्न जिल्लाका चेम्बरहरु संग भेटघाट र कार्ययोजना बारे छलफल गरेको संघका सचिब पर्शुराम पौड्यालले जानकारी दिनुभयो ।

दाङको तुल्सिपुर चेम्बर सँग भेटघाट गरी फोहरमैला व्यवस्थापनबाट बायोग्यास निकालेको स्थानमा अबलोकन, सुर्खेतम़ा हुदैगरेका नबिनतम कार्यहरुको निरीक्षण गरेको पौड्यालले बताउनुभयो । पौड्यालका अनुसार भ्रमणका क्रममा पाल्पाको ब्यापार वृद्धि र पर्यटन ब्यवसायलाई थप प्रचारप्रसारका लागी विभिन्न स्थानहरुमा पाल्पा जिल्लाका धार्मिक र प्रयटकीय स्थान झल्किने ब्यानर र बोर्ड राखिएको छ ।

कोरोना प्रभावबाट निकै प्रभावित बनेको पाल्पाको पर्यटन ब्यवसायलाई सफलता बनाउन पाल्पा ब्यापार संघले गरेको यो प्रयासलाई सकारात्मक रुपमा हेरिएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago