निर्वाचन आयोगलाई देउवाको आग्रह: सूर्य कसैलाई नदिएर अर्को चिह्न दिनुस्

काठमाडौं, फाल्गुन ३ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले अहिलेसम्म चुनावी कार्यतालिका सार्वजनिक नगर्दा आशंका उत्पन्न भएको बताएका छन् ।

फाइल फोटो

भैरहवामा भएको विरोधसभामा सभापति देउवाले संसद विघटन भएको ६ महिनाभित्र चुनाव गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको भएपनि निर्वाचन आयोगले अहिलेसम्म चुनावी कार्यतालिका बाहिर नल्याउँदा शंका उत्पन्न भएको बताएका हुन् ।

‘निर्वाचन आयोगले चुनावको प्रक्रिया नै शुरु गरेको छैन । निर्वाचन आयोगले चुनावको कार्यक्रम किन बाहिर निकाल्दैन । कुनै पनि संसद विघटन भएको ६ महिनाभित्र चुनाव गरिछाड्नुपर्छ । कमसे कम जेठ अन्तिमतिर त चुनाव गराउनै पर्छ । निर्वाचन आयोग संविधानभन्दा बाहिर जान सक्छ,’ कार्यक्रममा बोल्दै देउवाले भने, ‘निर्वाचन आयोगलाई यहीँबाट भन्न चाहन्छु । प्रधानमन्त्री ओलीले संसद विघटन गरेका ६ महिनाभित्र चुनाव गराउनै पर्छ । बैशाखसम्म चुनाव गराउँछु भनेको छ तर आयोगले किन अहिलेसम्म किन कार्यतालिका सार्वजनिक गरेको छैन ?’

उनले अदालतमा विचाराधीन रहेको संसद पुर्नस्थापनाको विषयमा सडकमा आन्दोलन नगर्ने दोहोर्‍याए ।उनले भने, ‘जनताभन्दा ठुलो अदालत संसारमा अरु केहीपनि छैन । हामीले भन्ने एउटा कुरा अदालतमा विचारधीन मुद्दामा यस्तो गर उस्तो गर भन्न मिल्दैन । जुलुस निकालेर अदालतलाई यसो गर उसो गर भन्न मिल्दैन । अदालतमा विचाराधीन मुद्धामा किनारा नलाग्ने बेलासम्म पर्खिऊँ न । स्वतन्त्र न्यायपालिका मान्ने पार्टी भएकाले निष्पक्ष न्याय दिन्छ भन्ने विश्वास हामीलाई छ ।’

नेकपाको दुई समूहका बीचमा निर्वाचन चिह्नका बारेमा विवाद भइरहेको भए पनि निर्वाचन आयोगले त्यसमा पनि निर्णय गर्नुपर्ने बताए । उनले भने,‘ओलीले पाउने भए उनलाई दिए भइहाल्यो हैन भने प्रचण्डलाई दिए भयो । निर्णय त गर्नपर्‍यो नि ।’ सभापति देउवाले सूर्य चिह्न कसैलाई नदिएर अर्को चिह्न दिए पनि हुने बताए ।

‘कसलाई सूर्य चिह्न दिने भनेर अहिलेसम्म निर्णय गर्न नसक्ने ? सबैभन्दा बेस त अरु चिह्न दिए भइहाल्यो नि । सूर्य एउटै छ, दुईटा पार्टीलाई एउटा चिह्न कसरी दिने ?,’ उनले भने ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago