सामुदायीक वन उपभोक्ता महासंघद्वारा पञ्चकोटमा भेला सम्पन्न , संरक्षण सम्वर्द्धन गर्न सबै एकजुट हुनुपर्ने वक्ताहरुको जोड ।

थम्मन थापा , बागलुङ । बागलुङ नगरपालिका वडा नं ५ का वडा अध्यक्ष शिव सापकोटाले सामुदायीक वन राष्ट्रको महत्तवपूर्ण सम्पति भएको हुँदा यसको संरक्षण सम्वर्द्धन गर्न सबै एकजुट हुनुपर्ने बताउनु भएको छ ।

स्थानिय सामुदायीक वन उपभोक्ता महासंघ बागलुङ नगरपालिका वडा नं ५, ६ र ७ द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न बन जंगलको संरक्षण सम्वर्द्धन आवश्यक रहेको वडा अध्यक्ष सापकोटाले उल्लेख गर्नुभयो ।

वन्य जन्तुहरुको बासस्थान संरक्षण सँगै उनीहरुलाई पिउने पानीको व्यवस्था गर्न पोखरी निर्माण गर्दै प्राकृतिक सौन्दर्यता र हराभरा बनाइरहन सदैव नगर र वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत गर्नुभएको छ । त्यसको लागि गत वर्ष २६ करोड रुपैयाँको डिपियार तयार गरी अहिले कार्य सम्पादान भइरहेको समेत जानकारी दिनुभयो ।

वन जंगल र मानिस बिच जन्मे देखि मृत्यु सम्मको सम्बन्ध रहने भएकोले बनमा प्राकृतिक श्रोत साधनको उचित संरक्षण र उपयोग गर्दै आर्थिक समृद्धिमा जोडिनु पर्ने कुरामा उहाँले जोड दिनुभयो । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वडा नं ७ का वडा अध्यक्ष खगराज पाण्डेले सामुदायिक वन उपभोक्ता समुह सँगको सहकार्यले विकास निर्माण गर्न सहज हुने बताउनु भएको छ ।

वडा स्तरमा योजना माग गर्दा सामुदायीक वनको उपभोक्ता समिति मार्फत गरेमा त्यो प्रभावकारी, व्यवस्थित र पारदर्शी हुने उहाँले बताउनुभयो । बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बेनी नगरपालिका म्याग्दीको संगम स्थल रहेका सामुदायीक वन मार्फत पर्या पर्यटन, मालिक भगवती, पञ्चकोटलाई जोड्दै सामुदायीक बनमा जिओलोजिकल पार्क निर्माण गर्न आवश्यक काम भइरहेको उल्लेख गर्नुभयो । यो वर्ष गण्डकी प्रदेश सरकार बाट ५० लाखको टेण्डर प्रक्रिया गरी काम सञ्चालन भइरहेको छ ।

कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश समितिका सदस्य कुल बहादुर कार्की, सामुदायीक वन उपभोक्ता महासंघ बागलुङका अध्यक्ष राज बहादुर थापा, निजी तथा पारिवारिक वन संघका जिल्ला अध्यक्ष हरि प्रसाद रेग्मी, संसारकोट सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष जय बहादुर कार्कीले मन्तव्य राख्नु भएको थियो ।

पञ्चकोट स्थित सभा हलमा आयोजित कार्यक्रममा बागलुङ नगरपालिका वडा नं ५, ६ र ७ का विभिन्न सामुदायीक बनका प्रमुख, प्रतिनिधि तथा उपभोक्ताहरूको उपस्थिति रहेको थियो । सो अवसरमा कार्यक्रमको उद्देश्य सहित स्वागत मन्तव्य सामुदायीक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका लेखा संयोजक राम बहादुर केसीले प्रस्तुत गर्नुभएको थियो ।

सामुदायीक वन उपभोक्ता महासंघले बागलुङ नगरपालिका भित्रका अन्य वडाहरुमा यो कार्यक्रम क्रमशः गरिने महासंघले जनाएको छ । कार्यक्रम संसारकोट सामुदायीक वन उपभोक्ता समूहका सचिव पूर्ण प्रसाद गैरेको अध्यक्षता र ढाँड सामुदायीक वन उपभोक्ता समूहका सचिव चक्रपाणी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago