बाँदर लड्ने भीरमा बन्यो आकर्षक खेलमैदान

बाह्रबिसे (सिन्धुपाल्चोक),भीर पाखाका बीचमा ४५ मिटर चौडाइ ८५ देखि १०० मिटरसम्म लम्बाइको खेलमैदान निर्माणको कल्पना गर्नु नै असम्भव लाग्छ तरआँट गरे के पुग्दैन ?’ भन्ने नेपाली भनाइलाई चरितार्थ गर्दै यहाँ यो काम सम्पन्न भएको बाह्रबिसे नगरपालिका ठूलो पलाँतीमाआर्थिक वर्ष २०७१/२०७२ देखि जल उत्पन्न प्रकोप नियन्त्रण विभागको आर्थिक सहयोगमा खेलमैदान निर्माण शुरु भएको थियो खेलमैदान निर्माणका लागि तत्कालीन सांसद एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले पहल गर्नुभएको हो

फोटो फाईल

  चिलाउने अँगेरीका बुट्यानले ढाकेको बाँदरसमेत लड्ने भीरका नामले चिनिने स्थानमा खेल मैदान निर्माण गरी पुस २२ देखि २८गतेसम्म जिल्लाव्यापी फुटबल प्रतियोगितासमेत सम्पन्न भएको अँगेर पाखा सामुदायिक वनको भीर पाखा खारेर करिब १० रोपनीक्षेत्रफलमा फैलिएको पर्खाल निर्माण गर्न करिब रु १० करोड नै खर्च भएको विभागले रु सात करोड, पूर्व मन्त्री बस्नेतले आर्थिक वर्ष२०७३/२०७४ मा सांसद पूर्वाधार विकास कोषबाट, स्थानीयवासी एवं सङ्घ संस्थाको समेत सहयोग जुटाएर खेल मैदान निर्माण गरिएकोहो

  भीरमा माथिबाट कटिङ तलबाट जालीको पर्खाल लगाएर खेलमैदान तयार गरिरहेकै बेला विसं २०७२ वैशाख १२ गतेकोभूकम्पले सबैभन्दा बढी क्षति पुर्याएको सिन्धुपाल्चोकमा बनिरहेको खेलमैदानलाई पनि बाँकी राखेन निर्माणाधीन खेलमैदानमा पनिभूकम्पले क्षति गरेको पूर्व मन्त्री बस्नेत बताउनुहुन्छ भूकम्पले जाली गारो भत्किएपछि भौगोलिकरूपमा भीर, पाखाको दुर्गम बस्तीमाआरसिसी प्लङ ढलान गरेर आकर्षक खेलमैदान तयार भएको पुल बनाउन राखिने रड राखेर बलियो गरी खेलमैदान तयार गरिएकोहो खेलमैदान तयार भएसँगै फुटबल, भलिबललगायत खेलकुदका लागि टाढाटाढा पुग्नुपर्ने समस्या समाधान भएकाले युवावर्ग खुसीभएका छन्

  भीरपाखा काटेर पर्खालले उचालेर निर्माण गरिएको खेलमैदानबाट खेलाडी दर्शक नलडुन् भनी करिब ६०० मिटर भागमानारायणहिटी दरबारको भन्दा आकर्षक डण्डी राखेर बार लगाइएको बार करिब मिटर उचाइको यो बार भने निजी क्षेत्रकातर्फबाट निर्माण गरिएको हो

  खेलमैदानसँगै ठूला सानाका लागि छुट्टाछुट्टै पौडी पोखरी, कभर्ड हल, स्वास्थ्य चौकी हेलिप्याडसमेत निर्माण भइसकेको बाह्रबिसे, लामोसाँघु बजार, सुनकोशी भोटेकोशीलगायत नदी एवं वरिपरिका आकर्षक डाँडाका साथै हिमाली शृङ्खला देखिनेखेलमैदान नजिकै भ्यू टावर (दृश्यावलोकन स्तम्भ) समेत निर्माण गरिने योजना योसँगै ठूलो पलाँतीको यो खेलमैदान जिल्लामैआकर्षक खेल पर्यटकीय स्थलका रूपमा विकास हुने भएको

  खेलमैदान निर्माणमा अहोरात्र खटिनुभएका स्थानीयवासी जनार्दन बस्नेत फुटबल, भलिबल खेल्दा गर्मी भए खेलाडीलाई पौडी खेल्नपोखरी निर्माण गरिएको, स्वास्थ्यमा समस्या आए उपचारका लागि स्वास्थ्य चौकी निर्माण गरिएको बताउनुहुन्छ ठूलाका लागि पाँचफिट उचाइ सानाका लागि तीन फिट उचाइको पौडी पोखरी तयार भएको पौडी पोखरीका लागि चार किमी माथिबाट खानेपानीझारिएको झारिएको खानेपानी जम्मा गर्न एक लाख २२ हजार लिटर क्षमताको ट्याङ्कीसमेत निर्माण गरिएको यसबाट पौडीपोखरीमा बेलाबेलामा पानी फेर्न सहज हुन्छ

  स्वास्थ्य चौकी निर्माणका लागि अमेरिकाको क्यालिफोर्नियामा बस्ने स्थानीयवासी पूर्वमन्त्री बस्नेतका भाइ प्रकाश बस्नेतलेसहयोग गर्नुभएको स्वास्थ्यचौकीका लागि एक जना स्वास्थ्य सहायक, कार्यालय सहयोगी, एवं निःशुल्क वितरण गर्ने औषधिसमेतसहयोगस्वरूप अमेरिकाको लायन्स क्लबबाट आउने गरेको

जिल्लामा खेलकुद एवं खेलाडीको विकास गर्ने उद्देश्यले यो खेलमैदान निर्माण गरिएको हो निर्माण सम्पन्न भएपछि पहिलोपटकजिल्लाव्यापी फुटबल प्रतियोगिता आयोजना गरिएको प्रतियोगितमा जिल्लावासीले मात्र भाग लिन पाउने नियम बनाइएको थियो जिल्लाका १२ स्थानीय तहमध्ये नौ वटाले भाग लिएको प्रतियोगितका खेलाडीको नागरिकता हेरेर सहभागी गराइयो, जिल्लामा खेलकोविकास होस् भन्ने उद्देश्यले जिल्लाका खेलाडी समावेश गरिएको हो, जिल्लाव्यापी अन्तरपालिका स्तरीय खेल गरिएको हो”, नेपालीकांग्रेस केन्द्रीय खेलकुद विभागका प्रमुखसमेत रहनुभएका पूर्वमन्त्री बस्नेतले भन्नुभयो

  शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रमा विशेष योगदान दिँदै आउनुभएका उहाँले आफ्ना मातापिता कोमलमायाँ खड्ग बस्नेतको नाममास्मृति कप फुटबल प्रतियोगिता आयोजना गर्नुभएको हो जिल्लाका नौ स्थानीय तहले भाग लिएको प्रतियोगिता हेर्न हजारौँ दर्शकउपस्थित भएका थिए

  ठूलो पलाँती बाह्रबिसेबाट गौरीशङ्कर हिमाल, विगु गुम्बा, कालिञ्चोकलगायत पर्यटकीय स्थलमा पैदल जाने मार्गसमेत भएकालेखेल पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने भएको बाह्रबिसेबाट किमीमाथि पर्ने यो स्थल पैदल मार्गका क्रममा पहिलोआराम गर्ने ठाउँ हो स्थानीयवासी शेखरबहादुर भण्डारी खेलमैदान बनाउने समयमा दुःख भए पनि बनिसकेपछिको संरचना हेरेर आरामभएको सम्झनुहुन्छ खेलमैदानका केही संरचना अझै निर्माण गर्न बाँकी

  खेलमैदान निर्माणसँगै वडा कार्यालयसँगको सहकार्यमा सानासाना बालबालिकालाई खेल प्रशिक्षण दिइने भएको प्रशिक्षणका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एक जना प्रशिक्षक उपलब्ध गराउने प्रतिबद्धता जनाएको एन्फाकावरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङ यस्ता खेलमैदानलाई उपयोग गरेर नियमितरूपमा खेल प्रशिक्षण गर्न सहयोग गरिने बताउनुहुन्छ वडाध्यक्ष ज्ञानेन्द्रप्रसाद श्रेष्ठ खेलमैदानले स्थानीय युवालाई खेल अभ्यास गर्न सहज भएको बताउनुहुन्छ बालबालिका एवं युवावर्गलाईखेल प्रशिक्षण दिन वडाका तर्फबाट सक्दो सहयोग गरिने उहाँको प्रतिबद्धता ।(रासस)

sp sp

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago