नेप्सेले आज पनि बनायो उच्च रेर्कड

काठमाडौं । नेप्सेले आज सोमबार पनि उच्च रेर्कड बनाएको छ । नेप्से आज ४२ दसमलव ७२ अंकले बढेर तीन हजार २५ दसमलव ८३ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १० दसमलव ६० अंकले बढेर पाँच सय ५० दसमलव दुई बिन्दुमा चढेको छ ।

सांकेतिक तस्बिर फाइल फोटो

दुई सय २१ वटा कम्पनीहरुको एक लाख ७५ हजार चार सय ११ पटकको कारोवारमा तीन करोड ५० लाख २७ हजार तीन सय ६३ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री भएकोमा कुल कारोवार रकम १८ अर्ब ८८ करोड ८४ लाख ३१ हजार पाँच सय १८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक बढेर छ वटा समुहको सुचक घटेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ५६ दसमलव ४१ अंकले घटेर पाँच हजार ४३ दसमलव ४८ बिन्दुमा झरेकोमा जलबिद्युत, लघुबित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेकाछन् ।

जीवन बीमा समुहको सुचक भने आज ८१ दसमलव २१ अंकले बढेर १८ हजार छ सय ५७ दसमलव ६६ बिन्दुमा चढेकोमा निर्जिवन बीमा, फाईनान्स, होटल तथा पर्यटन, लगानी र उत्पादनुलक समुहहरुको सुचक पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेपाल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर ११ सय ४४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको माउन्टेन हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने पाँच दसमलव एक प्रतिसतले घटेर तीन सय ९८ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको अरुण भ्याली हाईड्रो पावर कम्पनीको भने प्रतिकित्ता पाँच सय ४७ रुपैयाँ अन्तिम मुल्यमा ६२ करोड ५९ लाख ९३ हजार नौ सय १७ रुपैयाँको कारोवार भएको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago