सांकेतिक तस्बिर फाइल फोटो
काठमाडौं । नेप्सेले आज सोमबार पनि उच्च रेर्कड बनाएको छ । नेप्से आज ४२ दसमलव ७२ अंकले बढेर तीन हजार २५ दसमलव ८३ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १० दसमलव ६० अंकले बढेर पाँच सय ५० दसमलव दुई बिन्दुमा चढेको छ ।
दुई सय २१ वटा कम्पनीहरुको एक लाख ७५ हजार चार सय ११ पटकको कारोवारमा तीन करोड ५० लाख २७ हजार तीन सय ६३ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री भएकोमा कुल कारोवार रकम १८ अर्ब ८८ करोड ८४ लाख ३१ हजार पाँच सय १८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक बढेर छ वटा समुहको सुचक घटेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ५६ दसमलव ४१ अंकले घटेर पाँच हजार ४३ दसमलव ४८ बिन्दुमा झरेकोमा जलबिद्युत, लघुबित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेकाछन् ।
जीवन बीमा समुहको सुचक भने आज ८१ दसमलव २१ अंकले बढेर १८ हजार छ सय ५७ दसमलव ६६ बिन्दुमा चढेकोमा निर्जिवन बीमा, फाईनान्स, होटल तथा पर्यटन, लगानी र उत्पादनुलक समुहहरुको सुचक पनि बढेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेपाल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर ११ सय ४४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको माउन्टेन हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने पाँच दसमलव एक प्रतिसतले घटेर तीन सय ९८ रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको अरुण भ्याली हाईड्रो पावर कम्पनीको भने प्रतिकित्ता पाँच सय ४७ रुपैयाँ अन्तिम मुल्यमा ६२ करोड ५९ लाख ९३ हजार नौ सय १७ रुपैयाँको कारोवार भएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…