बन्द रहेका सहकारी, बित्तिय तथा लघुबित्तिय संस्थाहरु र पुस्तक पसल समेत विहान ७-११ बजेसम्म खुल्ने छन् ।
पाल्पा ३१, जेठ ।
पाल्पामा जारी निषेधाज्ञा यही असार १२ गते सम्म थपिएको छ । निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।
यस अघि बन्द रहेका सहकारी, बित्तिय तथा लघुबित्तिय संस्थाहरु, बिमाकम्पनी र पुस्तक पसल समेत विहान ७-११ बजेसम्म खुल्ने छन् । सार्वजनिक यातायात र अन्य पसलहरु खुल्ने छैनन ।
जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई थप गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो । गएको वैशाख १७ गते राति १२ बजेदेखि जिल्लामा सुरु भएको निषेधाज्ञा छैटौं पटक थप गर्दै असार १२ गते राति १२ बजे सम्मका लागी कायम गरिएको छ ।
यस अघि बिहान ७ देखि १० बजे सम्म संचालन अनुमति पाएका अत्यावश्यक दैनिक उपभोग्य खाद्ध सामान बिक्रि गर्ने पसलहरु, दुध, फलफुल, तरकारी पसल , माछामासु, पानी ग्यास पेट्रोलियम पदार्थ तथा निर्माण सामाग्रीका पसलहरु अव ७ देखि ११ बजे सम्म संचालन हुनेछन ।
नयाँ शैक्षिक सत्र सुरुवात भएकाले पाठ्यपुस्तक विक्रीमा सहजिकरणका लागि पुस्तक पसल समेत खोल्ने निणर्य भएको हो । अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु संचालन हुनेछन् ।
जिल्लामा कोरोना संक्रमणका संक्रिय संक्रमितको संख्या ७ सय ५६ रहेको छ । जसमध्ये ७ सय ३ जना होम आइसोलेसनमा रहेका छन । ५३ जना अस्पतालमा उपचाररत रहेका छन भने कोरोनाको दोस्रो लहरमा पाल्पामा ९५ जनाले ज्यान गुमाएका छन ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…