प्रधानमन्त्रीले पुनः शपथ ग्रहण गर्नुपर्छ – मौलिक जरोकिलो पार्टी

काठमाडौं । मुलुकको ४३ औ प्रधानमन्त्री पदमा नियुक्त
खड्गप्रसाद ओलीको शपथ ग्रहण प्रक्रिया बिबादमा तानिएको छ । मौलिक जरोकिलो पार्टीले प्रधानमन्त्रीले पुनः शपथ ग्रहण गर्नुपर्ने पार्टीले माग गरेको छ । पार्टीका प्रबक्ता मित्रलाल शर्मा द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ “आज राष्ट्रपति विद्यादेवी भण्डारी ज्युबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने क्रममा शपथको बेहोरामा उल्लेख भएका शब्दहरू पूर्णरुपले नपढी शपथ ग्रहण गरेको हुँदा प्रधानमन्त्रीको शपथ ग्रहण प्रक्रिया गलत भएको मौलिक जरोकिलो पार्टीले ठहर गरेको छ । शपथ ग्रहणको बुँदा नपढी वैधानिकता नपाउने भएकोले प्रधानमन्त्रीले पुनः शपथ ग्रहण गर्नुपर्ने पार्टीले माग गरेको छ ।”

यस्तै शपथ ग्रहणको क्रममा राष्ट्रपतिबाट उच्चारण भएका शब्दलाई ’त्यो पर्दैन’ भनेर सार्वजनिक कार्यक्रममा भन्नु राष्ट्रप्रमुखलाई गर्नुपर्ने मर्यादाको प्रतिकूल भएको पार्टीको ठहर भएको जनाएको छ ।
बिज्ञाप्तिमा बहुसंख्यक जनता आस्तिक भएको देशका प्रधानमन्त्रीले शपथग्रहणमा “ईश्वरीय शक्ति“ को अवलम्बन नगर्नु गलत भएको हुँदा यसलाई सुधार्न मौलिक जरोकिलो पार्टीले माग गरेको छ ।प्रधानमन्त्रीले शपथ ग्रहण सम्बन्धि उच्चारण भएका शब्दहरु प्रती सर्बत्र आलोचना भएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago