काठमाडौं । मुलुकको ४३ औ प्रधानमन्त्री पदमा नियुक्त
खड्गप्रसाद ओलीको शपथ ग्रहण प्रक्रिया बिबादमा तानिएको छ । मौलिक जरोकिलो पार्टीले प्रधानमन्त्रीले पुनः शपथ ग्रहण गर्नुपर्ने पार्टीले माग गरेको छ । पार्टीका प्रबक्ता मित्रलाल शर्मा द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ “आज राष्ट्रपति विद्यादेवी भण्डारी ज्युबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने क्रममा शपथको बेहोरामा उल्लेख भएका शब्दहरू पूर्णरुपले नपढी शपथ ग्रहण गरेको हुँदा प्रधानमन्त्रीको शपथ ग्रहण प्रक्रिया गलत भएको मौलिक जरोकिलो पार्टीले ठहर गरेको छ । शपथ ग्रहणको बुँदा नपढी वैधानिकता नपाउने भएकोले प्रधानमन्त्रीले पुनः शपथ ग्रहण गर्नुपर्ने पार्टीले माग गरेको छ ।”
यस्तै शपथ ग्रहणको क्रममा राष्ट्रपतिबाट उच्चारण भएका शब्दलाई ’त्यो पर्दैन’ भनेर सार्वजनिक कार्यक्रममा भन्नु राष्ट्रप्रमुखलाई गर्नुपर्ने मर्यादाको प्रतिकूल भएको पार्टीको ठहर भएको जनाएको छ ।
बिज्ञाप्तिमा बहुसंख्यक जनता आस्तिक भएको देशका प्रधानमन्त्रीले शपथग्रहणमा “ईश्वरीय शक्ति“ को अवलम्बन नगर्नु गलत भएको हुँदा यसलाई सुधार्न मौलिक जरोकिलो पार्टीले माग गरेको छ ।प्रधानमन्त्रीले शपथ ग्रहण सम्बन्धि उच्चारण भएका शब्दहरु प्रती सर्बत्र आलोचना भएको छ ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…
नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको छ । आज एक…