कोरोना संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापनका लागि सहयोग गर्न समिती गठन

टोकियो, जापान

नेपालमा महामारीको रुप लिइरहेको कोभिड – १९ संक्रमणको सन्दर्भमा प्रतिकार्य तथा उपचार व्यवस्थापनका लागि सहयोग जुटाउने उद्देश्यले समिती गठन गरीएको छ ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका, निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिती गठन भएको हो । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको अध्यक्षतामा राजदूतावासमा एक बैठकको आयोजना गरि पछिल्लो समय नेपालमा अत्याधिक महामारीको रुपमा कोभिड -१९ भाईरसले आक्रान्त बनाईरहेको अबस्थामा जापानबाट जति सक्दो चाडै उपचार सामान पठाउने उद्देश्यका साथ समिति गठन गरिएको हो । अहिले संक्रमित बिरामीको लागी अक्सिजन, लगाएतका उपचार सामाग्री र उपचारमा सहभागी स्वास्थ्यकर्मीका लागी सुरक्षा सामाग्रीहरुको एकदम कम भएको ले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (सचिव स्तरीय) को अनुरोधमा राजदूतावास एवं गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान मार्फत सहयोग जुटाउनका लागि अभियान चलाईएको प्रवक्ता सिद्धार्थ श्रेष्ठ द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

जापानबासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरू लगाएत सम्पुर्ण संघ, संस्थाहरूलाई यस अभियानमा सहभागी भैई सम्पुर्ण नेपालीहरूको जिवन रक्षाका लागी एक्केबद्धता जनाउन पनी विज्ञप्तिद्धारा अनुरोध गरीएको छ । सहयोग गर्न इच्छुकहरुले एनआरएनए जापानको जेपी बैंकमा रहेको खाता नं . 10070-95709701 मा सहयोग गर्न सकिने पनी जनाइएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, जापानको पहलमा मातृभूमिका लागि कोभिड – १९ संक्रमणको प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति, जापान गठन भएको हो ।

bhabindra gautam

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago