कोरोना संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापनका लागि सहयोग गर्न समिती गठन

टोकियो, जापान

नेपालमा महामारीको रुप लिइरहेको कोभिड – १९ संक्रमणको सन्दर्भमा प्रतिकार्य तथा उपचार व्यवस्थापनका लागि सहयोग जुटाउने उद्देश्यले समिती गठन गरीएको छ ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका, निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिती गठन भएको हो । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको अध्यक्षतामा राजदूतावासमा एक बैठकको आयोजना गरि पछिल्लो समय नेपालमा अत्याधिक महामारीको रुपमा कोभिड -१९ भाईरसले आक्रान्त बनाईरहेको अबस्थामा जापानबाट जति सक्दो चाडै उपचार सामान पठाउने उद्देश्यका साथ समिति गठन गरिएको हो । अहिले संक्रमित बिरामीको लागी अक्सिजन, लगाएतका उपचार सामाग्री र उपचारमा सहभागी स्वास्थ्यकर्मीका लागी सुरक्षा सामाग्रीहरुको एकदम कम भएको ले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (सचिव स्तरीय) को अनुरोधमा राजदूतावास एवं गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान मार्फत सहयोग जुटाउनका लागि अभियान चलाईएको प्रवक्ता सिद्धार्थ श्रेष्ठ द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

जापानबासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरू लगाएत सम्पुर्ण संघ, संस्थाहरूलाई यस अभियानमा सहभागी भैई सम्पुर्ण नेपालीहरूको जिवन रक्षाका लागी एक्केबद्धता जनाउन पनी विज्ञप्तिद्धारा अनुरोध गरीएको छ । सहयोग गर्न इच्छुकहरुले एनआरएनए जापानको जेपी बैंकमा रहेको खाता नं . 10070-95709701 मा सहयोग गर्न सकिने पनी जनाइएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, जापानको पहलमा मातृभूमिका लागि कोभिड – १९ संक्रमणको प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति, जापान गठन भएको हो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago