प्रधानमन्त्रीको सम्बोधन, सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा

नयाँ वर्ष २०८८ को पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्नुभएको छ । २०७७ साल कोरोना महामारीका साथै राजनीतिक अस्वस्थताले धुमिल भएको सम्बोधनका क्रममा प्रधानमन्त्रीले बताउनुभयो ।

सम्बोधनका क्रममा सरकारले संबृद्ध नेपाल, सुखी नेपालीको नारा सार्थक पार्न हरेक दिन साँढे ५ किलोमिटर बाटो निर्माण गरिरहेको दावी गर्नुभयो । व्यापार घाटा संतुलनतर्फ फर्काउने प्रयास जारी रहेको प्रधानमन्त्रीको भनाई छ । आगमि बजेटमार्फत सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा प्रधानमन्त्रीले गर्नु भएको छ ।

मेलम्चीको पानी काठमाडौंमा ल्याउन सफल हुनुलाई अघिल्लो वर्षको मूख्य उपलब्धीको रुपमा चित्रण गर्नु भएको छ । आफूहरूको सही नीतिकै कारण कोरोनाबाट तुलनात्मक रूपमा नेपालमा कम क्षति भएको प्रधानमन्त्रीले बताउनुभयो । उहाले कृषि उपजमा वृद्धिदर राम्रो रहेको, भन्दै सरकारले सकेसम्म लकडाउनमा जानु नपरोस् भन्ने चाहेको तर महामारी हृवात्तै बढेपछि विकसित देशहरुले पनि बाध्य भएर लकडाउन गर्नु परेको स्मरण गर्दै अहिले नै सतर्कताबाट परिस्थितिलाई बिग्रिन नदिऊँ भन्दै कोरोना महामारीविरूद्ध सतर्कता र स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा आग्रह गर्नु भएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago