बलात्कारमुक्त समाजको परिकल्पना गर्दै मेची–महाकाली साइकल यात्रा

दाङ ,चैत १ । झापाको विर्तामोडस्थित वीरता जेसिजका दुई जना युवाले थालेको साइकल यात्रा लमही आइपुगेको छ। झापाली कान्छा अभिषेक र आकाश क्षेत्री (स्टर भिला)ले गत फागुन २० गते पूर्वको मेची पुलबाट मेची–महाकाली साइकल यात्रा थालेका हुन् ।

फाइल फोटो

‘बलात्कार मुक्त समाजको परिकल्पना, शान्ति सुरक्षा हाम्रो चाहना’ भन्ने मूल नाराका साथ सुरु भएको मेची–महाकाली साइकल यात्रा ११ औं दिन आइतबार लमही आइपुगेको हो। ‘बलात्कार विरुद्धको खबरदारी युवाले नै गर्नुपर्छ भन्ने मुख्य लक्ष्य लिएर अघि बढेका छौँ,’ साइकल यात्री झापाली कान्छा अभिषेकले भने, ‘बलात्कारका घटना दिन प्रतिदिन बढेको छ। घटनामा संलग्न व्यक्तिलाई कडा कारबाहीको माग गर्छौं।’

साइकल यात्राको क्रममा हस्ताक्षर संकलन अभियानसमेत चलाइएको छ। संकलन गरिएको हस्ताक्षर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाउने कार्यक्रम छ।आइतबार लमही आइपुगेको टोलीलाई लमही जेसिजले स्वागत गरेको छ। लमही जेसिजका अध्यक्ष दुलमदास चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा साइकल यात्रीलाई स्वागत तथा सम्मान गरिएको थियो।कार्यक्रममा लमही जेसिजका पूर्वअध्यक्ष उमाकान्त चौधरी, निर्मला चौधरी, फणाधर ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago