गलकोट समाज पोखराको अधिवेशन: अध्यक्षमा थापा चयन

थम्मन थापा चैत १ पोखरा  ।
गलकोट समाज पोखराको ७ औं साधारण सभा तथा चौथो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले खडक बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति समिति चयन गरेको छ । समितिको महिला उपाध्यक्षमा राधिका खत्री, उपाध्यक्षमा कृष्णबहादुर खत्री, सचिवमा गणेश बहादुर खत्री, कोषाध्यक्षमा खिमबहादुर थापा र सह-सचिव धनबहादुर परियार रहेका छन् । सदस्यहरुमा गंगा साहानी, खिमा भण्डारी, धन कुमारी श्रीष, चेत बहादुर भण्डारी, हिरा बहादुर खत्री, भेष बहादुर खत्री र दिल बहादुर खड्का रहेका छन । अधिवेशन मार्फत पम्फा खत्री र शेर बहादुर खड्कालाई आमन्त्रित सदस्यमा मनोनित गरिएको छ ।
कार्यक्रममा बोल्दै बागलुङ समाज पोखराका अध्यक्ष सुनिल पाण्डेले सामाजिक एकताले नै मानिसको सभ्यता विकास हुँदै आएको बताए । उनले समाजलाई दुःख सुखको साथी सहित पर्यटन प्रवद्र्धन, आपसी सद्भाव अभिवृद्धिको माध्यम बनाउन आग्रह गरे । सो अवसरमा अन्तर्राष्ट्रिय गलकोट समाजका अध्यक्ष बेलुकाजी थापा, प्रभु बैंक न्युरोड पोखरा शाखा प्रबन्धक चेतनारायण गौतम, सल्लाहकार प्रा.डा भवानी पाण्डे, कृष्ण बहादुर खत्री लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वरिष्ठ समाजसेवी तथा शिक्षाप्रेमी मोहन चन्द राजन, नीलप्रसाद श्रेष्ठ र रामप्रसाद पाण्डेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम गलकोट समाज पोखराका अध्यक्ष मिन बहादुर खत्रीको अध्यक्षता, उपाध्यक्ष राधिका खत्रीको स्वागत र सचिव कृष्ण खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । गलकोट समाज पोखरा सामाजिक कार्य सँगै गलकोटबाट पोखरामा बसोबास गर्ने नागरिकहरूको हक हितमा सक्रिय रहँदै आएको छ । संस्थाले विभिन्न समयमा तालिम, गोष्ठी, अन्तरकृया, बेसाहारा लाई आर्थिक सहयोग लगायतका कार्यहरु गर्दै आएको छ । साधारण सभा तथा अधिवेशन साइमन पाटी प्यालेस सृजना चोकमा सम्पन्न भएको थियो ।
bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago