गलकोट समाज पोखराको अधिवेशन: अध्यक्षमा थापा चयन

थम्मन थापा चैत १ पोखरा  ।
गलकोट समाज पोखराको ७ औं साधारण सभा तथा चौथो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले खडक बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति समिति चयन गरेको छ । समितिको महिला उपाध्यक्षमा राधिका खत्री, उपाध्यक्षमा कृष्णबहादुर खत्री, सचिवमा गणेश बहादुर खत्री, कोषाध्यक्षमा खिमबहादुर थापा र सह-सचिव धनबहादुर परियार रहेका छन् । सदस्यहरुमा गंगा साहानी, खिमा भण्डारी, धन कुमारी श्रीष, चेत बहादुर भण्डारी, हिरा बहादुर खत्री, भेष बहादुर खत्री र दिल बहादुर खड्का रहेका छन । अधिवेशन मार्फत पम्फा खत्री र शेर बहादुर खड्कालाई आमन्त्रित सदस्यमा मनोनित गरिएको छ ।
कार्यक्रममा बोल्दै बागलुङ समाज पोखराका अध्यक्ष सुनिल पाण्डेले सामाजिक एकताले नै मानिसको सभ्यता विकास हुँदै आएको बताए । उनले समाजलाई दुःख सुखको साथी सहित पर्यटन प्रवद्र्धन, आपसी सद्भाव अभिवृद्धिको माध्यम बनाउन आग्रह गरे । सो अवसरमा अन्तर्राष्ट्रिय गलकोट समाजका अध्यक्ष बेलुकाजी थापा, प्रभु बैंक न्युरोड पोखरा शाखा प्रबन्धक चेतनारायण गौतम, सल्लाहकार प्रा.डा भवानी पाण्डे, कृष्ण बहादुर खत्री लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वरिष्ठ समाजसेवी तथा शिक्षाप्रेमी मोहन चन्द राजन, नीलप्रसाद श्रेष्ठ र रामप्रसाद पाण्डेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम गलकोट समाज पोखराका अध्यक्ष मिन बहादुर खत्रीको अध्यक्षता, उपाध्यक्ष राधिका खत्रीको स्वागत र सचिव कृष्ण खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । गलकोट समाज पोखरा सामाजिक कार्य सँगै गलकोटबाट पोखरामा बसोबास गर्ने नागरिकहरूको हक हितमा सक्रिय रहँदै आएको छ । संस्थाले विभिन्न समयमा तालिम, गोष्ठी, अन्तरकृया, बेसाहारा लाई आर्थिक सहयोग लगायतका कार्यहरु गर्दै आएको छ । साधारण सभा तथा अधिवेशन साइमन पाटी प्यालेस सृजना चोकमा सम्पन्न भएको थियो ।
bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago