बुटवल, १ चैत्र ।
प्यानल सहित चुनाबी प्रतिस्पर्धामा गएको पश्चिम नेपाल बस ब्यवसायी प्रालिको आगामी नेतृत्वको लागि दधिराम खरेल नेतृत्वकाे समुहले बहुसंख्यक सिट जितेको छ । निर्वाचनमा खरेल नेतृत्वको प्यानलबाट खरेल सहित जिवन कुमार बन्जाडे, रामचन्द्र भुसाल, माेहन पिएस चेतनारायण बेल्वासे, नारायण प्रसाद घिमिरे, गाेपाल पाैडेल र कृष्णप्रसाद सापकोटा सागर बिजयी भएका छन् त्यसैगरी पदमराज गाहाकाे प्यानलबाट गाहा सहित कृष्ण प्रसाद पाण्डे र सुरेन्द्र श्रेष्ठले जित हासिल गरेका छन् ।
२०२६ सालमा स्थापना भएको पश्चिम नेपाल बस ब्यवसायी संघ सरकारले नबिकरण नगरेपछि २०७६ सालमा प्रालिमा रुपान्तरण भएको थियो । प्रालिमा ११ जना सन्चालक निर्वाचित हुने र निर्वाचित ११ जना मध्येबाट अध्यक्ष चुनिने ब्यवस्था छ । नेपालकै सबैभन्दा ठुलो यातायात ब्यवसायी संस्थाको रुपमा रहेको यस प्रालिमा करिव २ हजार ६ सय बस सञ्चालनमा छन भने २ हजार ३ सय ९६ जना मतदाता रहेका छन । जसमध्ये २ हजार ८६ जनाले मतदान गरेका थिए ।
दधिराम खरेलले पश्चिम नेपाल बस ब्यवसायी संघकाे २ कार्यकाल अध्यक्ष हुदै रुपान्तरित प्रालिको अध्यक्षकाे समेत जिम्मेवारी बहन गरिसकेका छन । मुलुककाे बिशिष्ट परिस्थिति र कानुनी ब्यवस्थाका कारण केही संस्थागत जिम्मेवारी पुरा गर्नुपर्ने अवस्था रहेकोले ति जिम्मेवारी पुरा गर्न पुनः यस प्रालिकाे नेतृत्वमा आउने साेचका साथ चुनाबमा गएको खरेलले बताएका छन ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…