माघे सक्रान्तीको अवसरमा रुरु क्षेत्रमा स्नान तथा पुजा पाठ गर्नेको भिडभाड 

पाल्पा, १ माघ । पाल्पा, गुल्मी र स्याङ्जा ३ जिल्लाको संगम स्थल रुरु क्षेत्र धाम रिडिमा आज देखी  तिन दिने माघे सक्रान्ती धार्मिक मेला लागेको छ । परम्परादेखी नै कालीगण्डकी रुरु क्षेत्रधाम रिडिमा जेठी, माईली र कान्छी सक्रान्तीको रुपमा धार्मिक मेला लाग्दै आएको छ ।  यस बर्ष कोभिड १९ को कारण रमाईलो मेला नभएपनि धार्मिक मेला भने रोकिएन । रुरु क्षेत्र क्षेत्र धाम रिडिमा भक्तजनहरु विहानै देखी स्नान गर्ने र ऋषिकेश भगवानको दर्शनको लागी जुटेका छन ।
माघे सक्रान्तीको अवशरमा काली गण्डकीमा स्नान गर्नाले अन्जानमा गरेका सम्पुर्ण पाप नाश हुने, मृत्युपछी स्वर्गमा बास हुने जनबिश्वास रहेको पाईन्छ ।  स्नान गर्दा वा भगवानको दर्शन गर्दा भिडभाड भएपनि भक्तजनहरुले भने कोभिडको कुनै प्रभाव नगरी रुरु क्षेत्र कालीगण्डकीमा स्नान तथा दर्शन गर्न जुटेका हुन । रुरु क्षेत्रधाम नेपालको चार धाम मध्ये एक भएकोले यसको विशेष धार्मिक महत्व रहेको छ । कालीगण्डकीमा मक्रर सक्रान्ती स्नानको लागी पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, रुपन्देहि, कपिलबस्तु बाट भक्तजनहरु रुरु क्षेत्रधाम रिडिमा पुगेका छन ।
धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पाबाट, मनाङ, मुस्ताङबाट काम्लो, कम्मल, राडी, पाखी, बा“सबाट उत्पादित बिभिन्न किसिमका डाला, पाथी, काइयो लगायतका घरेलु सरसमान बिक्रीको लागी रुरु क्षेत्रमा आएका छन । धार्मिक मेलामा गुल्मीको गुड, पाल्पाको सुन्तला विक्रिको लागी राखिएको छ ।
bhabindra gautam

Recent Posts

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago