माघे सक्रान्तीको अवसरमा रुरु क्षेत्रमा स्नान तथा पुजा पाठ गर्नेको भिडभाड 

पाल्पा, १ माघ । पाल्पा, गुल्मी र स्याङ्जा ३ जिल्लाको संगम स्थल रुरु क्षेत्र धाम रिडिमा आज देखी  तिन दिने माघे सक्रान्ती धार्मिक मेला लागेको छ । परम्परादेखी नै कालीगण्डकी रुरु क्षेत्रधाम रिडिमा जेठी, माईली र कान्छी सक्रान्तीको रुपमा धार्मिक मेला लाग्दै आएको छ ।  यस बर्ष कोभिड १९ को कारण रमाईलो मेला नभएपनि धार्मिक मेला भने रोकिएन । रुरु क्षेत्र क्षेत्र धाम रिडिमा भक्तजनहरु विहानै देखी स्नान गर्ने र ऋषिकेश भगवानको दर्शनको लागी जुटेका छन ।
माघे सक्रान्तीको अवशरमा काली गण्डकीमा स्नान गर्नाले अन्जानमा गरेका सम्पुर्ण पाप नाश हुने, मृत्युपछी स्वर्गमा बास हुने जनबिश्वास रहेको पाईन्छ ।  स्नान गर्दा वा भगवानको दर्शन गर्दा भिडभाड भएपनि भक्तजनहरुले भने कोभिडको कुनै प्रभाव नगरी रुरु क्षेत्र कालीगण्डकीमा स्नान तथा दर्शन गर्न जुटेका हुन । रुरु क्षेत्रधाम नेपालको चार धाम मध्ये एक भएकोले यसको विशेष धार्मिक महत्व रहेको छ । कालीगण्डकीमा मक्रर सक्रान्ती स्नानको लागी पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, रुपन्देहि, कपिलबस्तु बाट भक्तजनहरु रुरु क्षेत्रधाम रिडिमा पुगेका छन ।
धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पाबाट, मनाङ, मुस्ताङबाट काम्लो, कम्मल, राडी, पाखी, बा“सबाट उत्पादित बिभिन्न किसिमका डाला, पाथी, काइयो लगायतका घरेलु सरसमान बिक्रीको लागी रुरु क्षेत्रमा आएका छन । धार्मिक मेलामा गुल्मीको गुड, पाल्पाको सुन्तला विक्रिको लागी राखिएको छ ।
bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago