पशुपतिदेखि नारायणहिटीसम्म : सांस्कृतिक धरोहरमा बतासको व्यापार

काठमाडौं ,माघ बतास अर्गनाइजेसनले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा व्यापार गर्न थालेको २० महिना भयो। सांस्कृतिक धरोहरमा उसले अवैध रुपमा व्यापार गरिरहेको पशुपतिमा मात्र होइन। बतासले पाटन दरबार स्क्वायरको पाटी समेत व्यापारका लागि प्रयोग गरिरहेको छ।

फाइल फोटो

उसको अनौठो यस्तो ‘व्यापार मोह’मा कसैको अवरोध नभएकाले हुनसक्छ, बतास अर्गनाइजेसन थप हौसिएको छ। पछिल्लो समय उसले नारायणहिटी दरबार संग्रहालयमा समेत व्यापार शुरु गर्ने तयारी गरेको छ।

पशुपति धर्मशालामा बतासको व्यापारको कथा 

मित्रराष्ट्र भारतको सहयोगमा पशुपति क्षेत्र विकास कोषको १९ रोपनी जग्गामा तीन तलाको चार सय बेड क्षमताको पशुपति धर्मशाला निर्माण भएको छ। त्यही धर्मशालामा निजी कम्पनी, बतास अर्गानाइजेसनले व्यापार गरिरहेको छ। धर्मशालामा व्यापार गर्ने वातावारण भने पशुपति विकास कोषले नै बनाइदिएको हो।

रु. ३४ करोड लागतमा निर्माण भएको चार सय बेडसहितको संरचना र जग्गामा बतास अर्गनाइजेसनअन्तर्गतको होटल आनन्द प्रालिले होटल सञ्चालन गरिरहेको छ। बतास अर्गनाइजेसनले होटलसँगै अहिले आफ्नो कर्पोरेट अफिससमेत त्यहीँ नै सारेको छ। बतास अर्गनाइजेसन गाडीको व्यापार गर्ने कम्पनी पनि हो। उसले आफ्ना पुराना गाडीको ’शो–केस’ धर्मशालामै बनाएको छ।

बतासको कर्पोरेट अफिस यसअघि काठमाडौंको गैरीधारामा थियो। अहिले त्यहाँबाट सामान सार्न थालिएको छ। बतासले गैरीधारामा आफूले भोगचलन गरिरहेको एउटा भवन मासिक ५ लाख रूपैयाँमा भाडामा लगाउने तयारी गरेको छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago