फाइल फोटो
काठमाडौं ,माघ १ । बतास अर्गनाइजेसनले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा व्यापार गर्न थालेको २० महिना भयो। सांस्कृतिक धरोहरमा उसले अवैध रुपमा व्यापार गरिरहेको पशुपतिमा मात्र होइन। बतासले पाटन दरबार स्क्वायरको पाटी समेत व्यापारका लागि प्रयोग गरिरहेको छ।
उसको अनौठो यस्तो ‘व्यापार मोह’मा कसैको अवरोध नभएकाले हुनसक्छ, बतास अर्गनाइजेसन थप हौसिएको छ। पछिल्लो समय उसले नारायणहिटी दरबार संग्रहालयमा समेत व्यापार शुरु गर्ने तयारी गरेको छ।
मित्रराष्ट्र भारतको सहयोगमा पशुपति क्षेत्र विकास कोषको १९ रोपनी जग्गामा तीन तलाको चार सय बेड क्षमताको पशुपति धर्मशाला निर्माण भएको छ। त्यही धर्मशालामा निजी कम्पनी, बतास अर्गानाइजेसनले व्यापार गरिरहेको छ। धर्मशालामा व्यापार गर्ने वातावारण भने पशुपति विकास कोषले नै बनाइदिएको हो।
रु. ३४ करोड लागतमा निर्माण भएको चार सय बेडसहितको संरचना र जग्गामा बतास अर्गनाइजेसनअन्तर्गतको होटल आनन्द प्रालिले होटल सञ्चालन गरिरहेको छ। बतास अर्गनाइजेसनले होटलसँगै अहिले आफ्नो कर्पोरेट अफिससमेत त्यहीँ नै सारेको छ। बतास अर्गनाइजेसन गाडीको व्यापार गर्ने कम्पनी पनि हो। उसले आफ्ना पुराना गाडीको ’शो–केस’ धर्मशालामै बनाएको छ।
बतासको कर्पोरेट अफिस यसअघि काठमाडौंको गैरीधारामा थियो। अहिले त्यहाँबाट सामान सार्न थालिएको छ। बतासले गैरीधारामा आफूले भोगचलन गरिरहेको एउटा भवन मासिक ५ लाख रूपैयाँमा भाडामा लगाउने तयारी गरेको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…