चितवन,मानव स्वास्थ्यका लागि योग अत्यावश्यक भएकाले नियमित योग गर्न सरोकारवालाले जोड दिएका छन् ।
छैटांै राष्ट्रिय योग दिवसका अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र नेपाल आयुर्वेद औषधि सङ्घ चितवनले आज यहाँआयोजना गरेको कार्यक्रमका सहभागी वक्ताले नियमित योग गर्नुपर्नेमा जोड दिएका हुन् ।
योगाभ्यासलाई नियमित गर्ने बानी बसाल्न सके शरीर स्वस्थ्य रहने उनीहरुको भनाइ थियो । जिल्ला समन्वय समिति चितवनका प्रमुखकृष्णकुमार डल्लाकोटीले पूर्वीय दर्शन अनुसार मान्छे अघि बढ्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले योगप्रति जनविश्वासबढेको छ । यसलाई नियमित गर्नु राम्रो हुन्छ ।” योगले शरीर र मष्तिस्कलाई स्वस्थ राख्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले योगको प्रचारप्रसार गरेर आम नागरिकसम्म यसको उपयोगिताका बारेमा जानकारीगराउन आग्रह गर्नुभयो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्ररत्ननगरका प्रमुख डा कोपिला अधिकारी, पतञ्जलि योग समितिका केन्द्रीय सदस्य विष्णु दवाडी, जिल्ला अध्यक्ष रामप्रसाद वस्ती, डाचन्द्रकान्त ज्ञवालीलगायतले योगको महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…