काठमाडौँ, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘माघे सङ्क्रान्ति’ का अवसरमा सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरणसिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यस पर्वले सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले आज एक विज्ञप्तिमार्फत प्राचीनकालदेखि विभिन्न जातजातिको बसोवासको सङ्गमस्थलका रूपमा रहेको नेपालमा विभिन्नभाषा, धर्म, संस्कृति र चाँडपर्वको आफ्नो विशिष्ट पहिचान रहेको तथा एकले अर्काको संस्कृतिलाई आदर र सम्मान गर्नेे आफ्नै परम्परारहको उल्लेख गर्नुभएको छ । माघ १ गते ‘माघे सङ्क्रान्ति’ लाई ‘मकर सङ्क्रान्ति’का रूपमा मनाउने हाम्रो प्रचलन छ ।
उहाँले भौगोलिक, जातीय र सांस्कृतिक विविधतामा रहेको हाम्रो देशमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराकोसंरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…