पाल्पा, १ माघ । रिलाईन्स लाईफ इन्स्योरेन्स लिमिटेड पाल्पा शाखाले घातक रोग बिरुद्ध गरेको बिमा दाबी रकम भुक्तानी गरेको छ । तानसेन नगरपालिका वडानम्बर ६ की सुजाता क्षेत्रीलाई बिमा रकम भुक्तानी गरेको हो । क्षेत्रीको जटिल प्रकारको शल्यक्रिया गरि उपचार भएको थियो । अस्पतालमा भएको खर्च रकम ३ लाख २३ तेईस हजार ५ सय वरावरको चेक भुक्तानी गरेको कम्पनीका पाल्पा शाखा प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार पाल्पा शाखामा घातक रोग विरुद्ध गरेको विमाको पहिलो पटक विमा दावीको भुक्तानी भएको हो ।
घातकरोग विरुद्ध चेक प्राप्त गर्ने सुजाता ढुङ्गाना क्षेत्रीले अन्य व्यक्तिलाई पनि विमा गरि सुरक्षित हुनुपर्दछ भन्ने जानकारी गराउँदै यसले उपचारमा लाग्ने आर्थिक भार कम गर्न सहयोग मिल्ने बताउनुभयो । चेक हस्तान्तरण गर्दै कम्पनीका सहायक हेमन्त थापा, कर्मचारी अस्मिता कार्की र एजेन्सी मेनेजर दिपक कुमारी वि.सी. ले रिलायन्स लाईफ इन्स्योरेन्स, पाल्पा शाखामा बिमा गरी सुरक्षित हुन आग्रह गरे ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…